नेपालमा किया सोनेटको सुरुवाती मूल्य ३५ लाख ९० हजार
काठमाडौं ।
नेपालका लागि कियाको एकल अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले कियाको सब कम्प्याक्ट एसयुभी सोनेटको मूल्य सार्वजनिक गरेको छ । सोनेट कियाको भारतमा निर्मित सेल्टोस र कार्निभल लक्जरी एमपीभीपछिको तेस्रो गाडी हो ।
सब–४ मिटर एसयुभी स्पेसका साथ आएको सोनेट मारुतीको ब्रेज्जा, टाटाको नेक्सन, हुन्डाईको भेन्यु तथा महिन्द्राको एक्सयुभी३०० को कडा प्रतिस्पर्धीको रुपमा उभिएको छ । कियाले शुक्रबार नेपाली बजारमा बहुप्रतीक्षित सोनेट सार्वजनिक गरेको थियो । यसको बेस एचटीई भेरियन्टको सुरुवाती मूल्य ३५ लाख ९० हजार रुपैयाँ तोकिएको छ भने उपलब्ध सुविधाका आधारमा जीटीएक्सप्लस भेरियन्टको मूल्य ६५ लाख ९० हजार रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ । सोनेट दुईवटा ट्रिम कन्सेप्टमा टेक लाइन ट्रिम र जीटी लाइनमा उपलब्ध छ, जुन यसअघि सेल्टोसमा देखिएको थियो । सोनेट सातवटासम्म कलर अप्सनमा उपलब्ध हुनेछन्, जसमा तीनवटा डुअल–टोन कलर थिममा हुनेछ ।
सोनेटमा एचटी लाइन (टेक लाइन) भेरियन्टमा एचटीई, एचटीके, एचटीकेप्लस, एचटीएक्स, एचटीएक्सप्लस समावेश छन् । उपलब्ध रंगको संख्या अर्डर बढेसँगै थप हुने कम्पनीले जनाएको छ । एचटीई, एचटीके भेरियन्ट क्लियर ह्वाइट, स्टिल सिल्भर, ग्रेभिटी ग्रे र इन्टेन्स रेडमा उपलब्ध छन् भने एचटिकेप्लस र एचटिएक्स भेरियन्ट अरोरा ब्ल्याक, बेस गोल्ड र इन्टेलिजेन्स ब्लु अप्सनमा उपलब्ध छ । यी माथिल्लो श्रेणीका भेरियन्ट ग्लेसियर ह्वाइट पर्ल÷अरोरा ब्ल्याक पर्ल, बेस गोल्ड÷अरोरा ब्ल्याक पर्ल र इन्टेन्स रेड/अरोरा ब्ल्याक पर्ल रंगमा छन् ।
कम्पनीका अनुसार सेल्टोसमा देखिएजस्तै सोनेटको टप–स्पेस जीटीएक्सप्लस (जीटी लाइन) ट्रिममा थुप्रै विशेषखाले कस्मेटिक्स विशेषता छन् जसले यो गाडीलाई दुई मोडलमध्ये बढी आक्रामक देखाउँछ । यसको ग्रिल, ढोका, बम्पर र ब्रेक कालिपर्समा विभिन्न रेड एक्सेन्ट्सहरु छन् । भित्री भागको हकमा विशेष किसिमका जीटी लाइनका सिटहरु हुनेछन् जसमा स्पोर्टी अपिल दिन कालोमा कन्ट्रास्ट स्टिचिङ दिइएको छ ।
सोनेटले यो सेग्मेन्टकै सबैभन्दा बढी फिचर भएको क्याबिन दिनेछ । यसमा १०.२५ इन्चको एचडी इन्फोटेनमेन्ट स्क्रिन, यूभीओ कनेक्टिभिटी अप्सन, सब–उफरसहितको सातवटा स्पिकर, एलइडी साउन्ड मुड ल्याम्प, कुलिङ फंक्सन्ससहितको वायरलेस स्मार्टफोन चार्जर, भेन्टिलेटेड फ्रन्ट सिट, एयर प्युरिफायरलगायत विशेषता छन् । प्रमुख सेफ्टी फिचर्समा छवटा एयरब्याग, इबीडीसहितको एबीएस, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट कन्ट्रोल र ब्रेक असिस्टलगायत फिचरहरु छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी
- सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
- नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली
- वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
- तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको सुझाव दिन गठित समितिले किन दियो निजगढ विमानस्थल बनाउने सुझाव
- के शिक्षामन्त्रीले चाहेर मात्रै दलमा आबद्ध शिक्षकहरूलाई बर्खास्त गर्न सम्भव छ?
- इजरेल र इरानसँग कति हतियार छन्, सैन्य शक्ति कसको बढी छ ?
- एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया