Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमहामारीमा अनलाइनमार्फत गुणस्तरीय शिक्षा दिँदै ‘द ब्रिटिश कलेज’

महामारीमा अनलाइनमार्फत गुणस्तरीय शिक्षा दिँदै ‘द ब्रिटिश कलेज’


काठमाडौं ।
कोरोना महामारीका कारण देश विभिन्न संकटसँग जुधिरहेको छ । तर, यसैबीच थापाथलीस्थित रहेको द ब्रिटिश कलेजले भने अनलाइनमार्फत गुणस्तीय शिक्षा आफ्ना विद्यार्थीहरुलाई प्रदान गरिरहेको छ ।

द ब्रिटिश कलेजका एसोसियट डिन अरुण लाल जोशी भन्छन्, ‘फेब्रअरी, २०२० मा कोरोनाभाइरसको खबर संसारभर फैलियो । नेपालका आम मानिसहरू पनि यो भाइरसबारे निकै उत्सुकताका साथ सरकारबाट सूचनाको प्रतिक्षा गरिरहेका थिए । उक्त समयमा ब्रिटिश कलेजले फेस टु फेस कक्षा सञ्चालन गरिरहेको थियो ।

नेपालमा कोरोना संक्रमणबारे रिपोर्ट सामान्य रूपमा मात्र गरिएको थियो । सबैलाई झैँ कलेजलाई पनि लागेको थियो, यो महामारी समयमा नै नियन्त्रण हुन्छ ।’ उनी अगाडि भन्छन्, ‘त्यस समयमा, विश्वभरका विश्वविद्यालयहरू विस्तारै अनलाइन कोर्स डेलिभरीमा गर्ने तयारीमा लागेका थिए ।

हाम्रो व्यवस्थापन टोलीले परिस्थितिको आँकलन गरेपछि ब्रिटिश कलेजले पनि त्यस्ता अप्रत्याशित परिस्थितिहरूको लागि तयार हुनुपर्ने महसुस ग-यो । हामी हाम्रो साझेदार विश्वविद्यालयहरूसँग सल्लाह र परामर्श सुरू भयो । आगामी महिनाहरूमा विभिन्न प्रकारका व्यवधानहरू व्यवस्थित गर्न विस्तृत परिदृश्य योजनामा व्यस्त थियौँ । यसैबीच हामीले आफ्ना शिक्षक वर्ग र सहयोगी कर्मचारीलाई तालिम दिने काम ग-यौँ । सोही योजना अनुरुप हामी अगाडि बढ्यौँ ।’

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले विभिन्न योजना ल्याउने रणनीतिमा रहेको थियो । जोशी भन्छन्, ‘२५ मार्च, २०२० मा सरकारले कोरोना नियन्त्रण गर्न भन्दै दुई हप्ताका लागि लकडाउन गरेको घोषणा ग¥यो । त्यस बेलासम्म हामी शैक्षिक वर्ष २०१९/२० को अन्तिम सेमेस्टरको बीचमा थियौं ।

हाम्रो तयारी र जोखिमलाई समयमै मूल्यांकन गर्ने क्षमताको कारण २२ मार्च, २०२० देखि अनलाइन मोडमा क्लास सुरु गरिसकेका थियौँ । संयोगवश, हाम्रो पार्टनर विश्वविद्यालयले २२ मार्च, २०२० बाट आफ्नो अनलाइन कक्षा पनि सुरू गरिसकेका थिए । बेलायतमा रहेका विश्वविद्यालयहरुले जुन स्तरमा अनलाइन क्लास दिइरहेका छन् सोही गुणस्तर पालना गर्दै ब्रिटिश कलेजले पनि आफ्नो जिम्मेवारी पूरा गरिरहेको छ ।’ ब्रिटिश कलेजले विद्यार्थीहरुको पढाइमा कुनै पनि प्रकारको समस्या आउन नदिन एकपछि अर्को रणनीति बनाउँदै अगाडि बढिरहेको उनी बताउँछन् ।

उनी अगाडि भन्छन्, ‘अनलाइन कक्षा प्लेटफर्म हाम्रा सबै सम्बन्धित सरोकारवाला, विद्यार्थी र शिक्षण स्टाफका लागि नयाँ थियो, जे होस्, हामी यसलाई तयार भएको थोरै समयमा हामीले यसलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सफल भयौ ।’ त्यस्तै, ब्रिटिश कलेजले यो कठिन अवस्थामा पनि विद्यार्थीलाई भर्चुअल रुपमा सर्भिसहरु दिने काम गर्दै आइरहेको उनले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया