Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पो एफ१७ प्रो असोज ११ गते नेपालमा सार्वजनिक हुने

ओप्पो एफ१७ प्रो असोज ११ गते नेपालमा सार्वजनिक हुने


काठमाडौँ ।
ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो एफ१७ प्रो सार्वजनिक गर्ने मितिको घोषणा गरेको छ । कम्पनीले असोज ११ गते आफ्ना सामाजिक सञ्जालका प्ल्याटफर्म (फेसबुक र युट्युब)मार्फत आयोजना गरिने अनलाइन लञ्च इभेन्टमार्फत एफ१७ प्रो सार्वजनिक हुने जानकारी दिएको हो ।

लामो समयदेखि कम्पनीले एफ सिरिजमार्फत उपभोक्तालाई स्टेट–अफ–आर्ट प्रविधि पस्किँदै आइरहेको छ । कम्पनीका अनुसार एफ सिरिजलाई उपभोक्ताहरुले सुरुवाती दिनदेखि नै औधि रुचाइरहेका छन् । अग्रगामी सोचसहितका डिजाइनमार्फत ओप्पोले उपभोक्तालाई प्रविधिमार्फत निजीकृत, सुलभ र रमाइलो अनुभव प्रदान गर्नेतिर केन्द्रित रहँदै आइरहेको छ ।

एफ१७ सिरिजमार्फत यसलाई निरन्तरता दिँदै विशेष गरी ट्रेण्ड सेटर्स युवाहरुका लागि एफ सिरिजको नयाँ समीकरण ओप्पो एफ१७ प्रो छवटा एआई पोट्रेट क्यामेरा, ३० वाट भोक फ्ल्यास चार्ज ४.०का साथमा अल्ट्रा स्लिक बडी, फेसनेबल मिनी डुअल पञ्च होल डिस्प्ले र नवप्रवर्तनात्मक शाइनी म्याट कलर्सलगायत फिचर्सहरु पनि उपलब्ध गरिएको छ ।

एफ१७ प्रोमा ६ एआई पोट्रेट फंक्सन्स र अल्ट्रा स्टिडी भिडियो प्रविधिका साथमा छवटा पोट्रेट क्यामेरा जडान गरिएका छन् । यसले प्रयोगकर्ताका सेल्फी, फोटो तथा भिडियोलाई उच्च गुणस्तरीय बनाउन सघाउँछ । यसको एआई पावर्ड प्रोफेसनल शट्सले सबैलाई आकर्षित बनाउनुका साथै फेसनेबल प्रविधिले प्रयोगकर्तालाई अत्यधिक सहजता समेत प्रदान गर्ने कम्पनीको भनाइ छ । ओप्पो एफ१७ प्रोमा अल्ट्रा स्लिक बडीका साथमा अल्ट्रा स्लिक डिजाइन अपनाइएको छ ।

फेसनेबल मिनी डुअल पञ्च होल डिस्प्लेका साथमा आउने यो फोनमा नवप्रवर्तनात्मक शाइनी म्याट रंगहरुको प्रयोग गरिएको छ । मोटाइ जम्मा ७.४८ ग्रामसहितको ओप्पो एफ१७ प्रोको वजन १६४ ग्राम रहेको छ । २२० डिग्री राउण्डेड एड्जसहितको यो फोनमा राउन्डेड एड्ज डिजाइनको प्रयोग गरिएको छ । यसले गर्दा फोन बोक्दा स्मुथ र आरामदायी अनुभव हुन्छ ।

यस्तै एफ१७ प्रोको डिस्प्ले २०ः९ रेसियोमा सेट गरिएको छ । यसले गर्दा समाचार हेर्दा, ब्राउजिङ तथा पढ्दा सहजै एक हातको प्रयोग मार्फत गर्न सकिन्छ । ६.४३ इञ्चको फुल एचडी, सुपर एमोलेड स्क्रिनमा मिनी डुअल पञ्च होल्स रहेको यो फोनमा ९०.७ प्रतिशत स्क्रिन टु बडी रेसियो छ ।

एफ१७ प्रोमा कम्पनीले मात्र ५३ मिनेटभित्र पूर्ण चार्ज हुने क्षमतासहितको ३० वाट भोक फ्ल्यास चार्ज ४.० उपलब्ध गराएको छ । यो प्रविधिबाट चार्जिङ मात्र तीव्र गतिमा हुने नभई चार्जिङको समयमा फोन तात्ने समस्या पनि न्यूनीकरण ल्याउने कम्पनीको भनाइ छ । यसमा रहेको चार हजार एमएएच ब्याट्री मात्र ३० मिनेटको समयमा ७४ प्रतिशत चार्ज हुन्छ ।

त्यसैगरी, यो प्रविधिले अब पाँच मिनेट चार्ज गर्दा उपभोक्तालाई चार घण्टासम्मको टक टाइम पनि उपलब्ध गराउँछ । यसैगरी ओप्पो एफ१७ प्रोको निर्माणका लागि छुँदा नरम र हेर्दा आकर्षक शाइनी म्याट रंगको प्रयोग गरिएको छ । फिंगरप्रिन्टको समस्या समाधान गर्दै फिंगरप्रिन्ट पु्रफ फिनिस दिँदै फोनलाई उच्च कोटिको प्रिमियम इफेक्ट दिन यसमा नयाँ अप्टिकल कोटिङ प्रविधिको प्रयोग गरी पृथक् शाइनी म्याट कलरको प्रयोग गरिएको छ । एफ१७ प्रो कम्पनीले दुई आकर्षक रंग म्याट ब्ल्याक र म्याजिक ब्ल्यु रंगमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

एफ१७ प्रो लाइभ लञ्च इभेन्टमा नेपाली चलचित्रजगत्का चर्चित हस्तीहरु, ओप्पोका ब्राण्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, नायक अनुप विक्रम शाही, नायिका तथा मोडल अलिशा राई र फोटोग्राफर तथा चलचित्र निर्माता सन्जोग राईलगायतको उपस्थिति रहने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया