Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभेस्पा अप्रिलियाको दशैँ तिहार योजना सार्वजनिक

भेस्पा अप्रिलियाको दशैँ तिहार योजना सार्वजनिक


काठमाडौँ ।
नेपालमा भेस्पा र अप्रिलिया स्कुटरको अधिकारिक बिक्रेता दुगर ब्रदर्स एन्ड सन्स प्रालिले दशैँ तिहारलाई लक्षित गरी बडा दशैँ तिहार योजना सार्वजनिक गरेको छ । यस योजनामा भेस्पा र अप्रिलिया किन्न इच्छुक ग्राहकहरुले स्क्र्याच कार्डमार्फत पाँच हजारदेखि ५० हजार रुपैयाँसम्मको नगद छुट र शून्य प्रतिशत ब्याजदरमा पनि खरिद गर्न सक्नेछन् ।

साथै भेस्पा र अप्रिलियाको अफिसियल हेल्मेट, फुटमाट, स्कुटर कभर र कि–रिङको साथै एक आर्थिक वर्षको फ्रि रोड ट्याक्स र १५० सीसी भेस्पाको खरिदमा १० हजार रुपैयाँबराबरको फ्री पेरिमिटर किट पनि उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

ग्राहकको सुविधालाई मध्यनजर गर्दै कम्पनीले अनलाइनबाट नै स्कुटर बुकिङ गर्न सकिने र ग्राहकले चाहेको स्थानमा फ्रि डेलिभरी समेत गराउने गरेको छ । कोभिड–१९ को महामारीले गर्दा नेपाली अर्थ व्यवस्था तथा उपभोक्तामा ठूलो असर गरिरहेको अवस्थामा सुरक्षित यात्रालाई प्राथमिकता दिँदै उपभोक्तालाई खरिदमा सहज बनाउन यो योजना सार्वजनिक गरिएको दुगर ब्रदर्स एन्ड सन्स प्रालिका उपाध्यक्ष विजय महतोले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया