Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोरियन स्वादको हटपट चाउचाउ रामेन बजारमा

कोरियन स्वादको हटपट चाउचाउ रामेन बजारमा


काठमाडौँ ।
पोखरा नुडल्स प्रालिले फरक स्वादको हटपट चाउचाउ बजारमा ल्याएको छ । लामो समयको अनुसन्धानपछि पोखरा नुडल्सले फरक स्वादको ’हटपट’ चाउचाउ बजारमा ल्याएको हो । उपभोक्ताको रोजाइलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रियस्तरको ’हटपट’ सिरिजका ब्राण्डहरूको पहिलो प्रस्तुति बजारमा भित्र्याइएको सो कम्पनीले जनाएको छ ।

अथेन्टिक कोरियन चाउचाउको स्वाद बढी रुचाइएकोले नेपाली बजारमा पहिलो पटक नेपाली र अथेन्टिक कोरियन स्वादको समिश्रणको रुपमा ’हटपट’ चाउचाउ (रामेन) बनेको पोखरा नुडल्स प्रालिका अध्यक्ष श्रीराम पाण्डेले बताए । अध्यक्ष पाण्डेले भने, ‘करिब डेढ वर्षको अनुसन्धानपछि यो चाउचाउ बजारमा ल्याएका छौँ ।’ कम्पनीले हाल दुई संस्करणमा हटपट चाउचाउ बजारमा ल्याएको छ ।

कम्पनीका अनुसार पहिलो, ‘हटपट चिकन गोरमेट स्पाइसी’ सुपी नुडल्स हो । जुन झोल बनाएर खाने सुपी नुडल्सका रुपमा लिइन्छ । यो खासै पिरो छैन् । त्यसैले सबै उमेरका व्यक्तिहरूलाई यो सुहाउँदो छ । यसमा सिजनिङ पाउडरसँगसँगै ड्राइ भेजिटेबलको प्याकेट हुन्छ ।

यसैगरी दोस्रो, ’हटपट’ टु एक्स स्पाइसी हो । जुन पकाएको पानी फ्याँकेर चाउचाउलाई सुख्खा बनाई स्पाइसी पेष्ट एवम रोस्टेड फ्लेक्स मोलेर खाने गरिन्छ । टु एक्स स्पाइसी मिठो साथै अलि पिरो मन पराउनेहरुका लागि बनेको हो । दुईथरिकै ’हटपट’प्रति प्याकेट सय ग्राम छ भने उपभोक्ता मुल्य प्रति प्याकेट ५० रुपैयाँ कायम गरिएको छ ।

‘हटपट’ सिरिजअन्तर्गत अहिले गोरमेट स्पाइसी चिकेन र टु एक्स स्पाइसी ल्याएकोमा अबको एक महिनामा गोरमेट स्पाइसी भेजिटेबल ल्याउने तयारी कम्पनीले गरेको छ । गोरमेट स्पाइसी भेजिटेवल शाकाहारीका लागि हो । तर यसको स्वाद पनि सबै खालका ग्राहकहरूले मन पराउने विश्वास कम्पनीको छ ।

यसै आर्थिक वर्षभित्र थप नयाँ फ्लेभरमा हटपट सिरिजका अन्य उत्पादनहरू ल्याउने गरी काम भइरहेको कम्पनीले बताएको छ । यसरी विभिन्न स्वादका तयार भएपछि अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्ने योजना रहेको अध्यक्ष पाण्डेले बताए । सफ्ट लन्चिङको पहिलो चरणमा पोखराको बजारमा सार्वजनिक गरी डिपार्टमेन्टल स्टोर एवम् किराना पसलहरूमा यो चाउचाउ उपलब्ध गराइएको छ ।

काठमाडौं उपत्यकाको हकमा भने भाटभटेनी, विगमार्ट, डेलि ग्रोसरी, स्तुती मार्टलगायत अन्य सिगंल आउटलेट मार्टहरूमा पनि गएर किन्न सकिने कम्पनीको भनाइ छ । साथै अनलाइनमा दराज डट कम, ग्यापु डटकम आदिबाट समेत किन्न सकिन्छ ।

लकडाउनले गर्दा काठमाडौं उपत्यकाका सबै क्षेत्रमा यो चाउचाउ पु-याउन सकिएको छैन तर अब दशैंभन्दा अगाडि सहजै सबै क्षेत्रमा किन्न पाइने गरी बजार विस्तार गरिरहेको कम्पनीले बताएको छ । उपत्यकाका साथै देशका विभिन्न स्थानमा पनि चाउचाउ पु-याउने तयारी भइरहेको छ ।

यसैगरी कम्पनीले ’हटपट’ नुडल्स सिरिज सबै उत्पादनहरूको लागि पूर्वमिस नेपाल शृंखला खतिवडालाई अनुबन्ध गरेको छ । कम्पनीका उत्पादनहरू भविष्यमा नेपालबाहिर पनि निर्यात गर्ने योजना भएकाले खतिवडा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएका नेपाली हुँदा राम्रो हुन्छ भन्ने लागेर उनलाई छानेको अध्यक्ष पाण्डेले बताए ।

’हटपट’ चाउचाउ सिरिजको ब्राण्ड एम्बेस्डर बनेपछि संक्षिप्त प्रतिक्रिया दिँदै खतिवडाले ‘हटपट’ नुडल्स स्वाद र गुणस्तरमा विश्वस्तरीय रहेको बताइन् । पहिले महँगो पैसा तिरेर अरू अन्तर्राष्ट्रिय ब्राण्डहरू नै खोज्नुपर्थ्यो भने अब ’हटपट’ले अत्यन्त सुलभ मूल्यमा नेपालमै सोही गुणस्तर उपलब्ध गराउन लागेको उनले बताइन् ।नेपाली ब्राण्ड विदेशी मुलुकहरूमा चिनाउन पहल गर्ने उनको भनाइ छ । शृंखला खतिवडाले नेपाली सौन्दर्य प्रतियोगिता मिस नेपाल २०१८ की विजेता हुन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया