Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबाग्लुङ टेलिकमले सुरु ग-यो स्वच्छ सहरको अभियान

बाग्लुङ टेलिकमले सुरु ग-यो स्वच्छ सहरको अभियान


काठमाडौं ।
नेपाल टेलिकम दूरसञ्चार कार्यालय बाग्लुङले सहरभरिका पोलमा यत्रतत्र झुण्डिएका टेलिफोन तथा इन्टरनेटका तारलाई निकाल्ने (डिस्मेन्टल) तथा व्यवस्थित गर्दै स्वच्छ र सफा सहर बनाउने अभियान सुचारु गरेको छ ।

धौलागिरि अञ्चलको चारवटै जिल्ला सदरमुकामबाट एकसाथ सुचारु गरिएको उक्त अभियानअन्तर्गत सहरी क्षेत्रको सुन्दरतामा ह्रास आउन नदिन बजार क्षेत्रमा रहेका टेलिफोन तथा इन्टरनेटका सम्पूर्ण पुराना तारहरू हटाइने नेपाल टेलिकम बाग्लुङ लेखा कार्यालयका कार्यालय प्रमुख वरिष्ठ इन्जिनियर केशव शर्माले बताए । यसरी निकालिएका पुराना तारहरुलाई एकत्र गरी लिलामी प्रक्रियाअनुरुप व्यवस्थापन गरिने टेलिकम बाग्लुङका लेखाप्रमुख दिनेश अर्यालले बताए ।

लिलामी प्रक्रियाअनुरुप उक्त तारहरु बिक्री गर्दा कम्पनीको राजस्व समेत अभिवृद्धि हुनेछ भने सहरी सुन्दरता समेत बढ्ने उनले बताए । नेपाल टेलिकम दूरसञ्चार कार्यालय बाग्लुङले यसअघि रहेको कपर नेटवर्कलाई विस्थापन गर्दै उच्चगतिको फाइबर नेटवर्कमा आधारित एफटीटीएच विस्तार तथा माइग्रेसनको कार्यलाई सम्पन्न गरिसकेको छ ।

साथै धौलागिरि अञ्चलका चारवटै जिल्ला सदरमुकामहरुम एफटीटीएच नेटवर्क विस्तार भई सेवा वितरण समेत भइरहेको छ । जसअनुसार बाग्लुङमा करिब तीन हजार, बेनीमा एक हजार दुई सय, पर्वतको कुश्मामा एक हजार दुई सय र जोमसोममा करिब चार सय ५० लाइन विस्तार गरिसकेको दूरसञ्चार कार्यालय बाग्लुङका प्रमुख शर्माले बताए ।

नेपाल टेलिकमको पोल प्रयोग गरी सेवा वितरण गरिरहेका अन्य इन्टरनेट सेवाप्रदायकहरु एवं केवल टेलिभिजन सेवाप्रदायकहरु जसले पोल भाडाभुक्तानी गरेका छैनन, तिनीहरुको तारसमेत हटाइने कार्यालय प्रमुख शर्माले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, बिबिध

तपाईको प्रतिक्रिया