Techie IT
×
गृहपृष्ठकर्पोरेटसवारी कारबाहीबाट गत मंसिर महिनामा करिब दुई लाख राजस्व संकलन

सवारी कारबाहीबाट गत मंसिर महिनामा करिब दुई लाख राजस्व संकलन


महेन्द्र शाही
सोलुखुम्बु, पुस ११
जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले मंसिर महिनामा सवारी कारबाहीबाट भण्डै दुई लाख राजस्व संकलन गरेको छ । प्रहरीले दिएको जानकारीअनुसार दुई सय ७५ वटा सवारी साधनलाई कारबाही गरी एक लाख ९२ हजार पाँच सय राजस्व संकलन भएको हो । एक महिनाको अवधिमा कारबाहीमा पर्ने सवारी साधनहरूमा सबैभन्दा बढी एक सय ११ वटा जिप रहेको र सोबापत ७५ हजार पाँच सय राजस्व संकलन भएको ट्राफिक प्रहरी इन्चार्ज सञ्जिव चौधारीले बताए ।

त्यस्तै ७६ वटा मोटरसाइकल कारबाहीबाट ५७ हजार पाँच सय, ४५ वटा ट्रकबाट ३० हजार पाँच सय रूपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै १९ वटा आटो कारबाहीबाट १४ हजार, १७ वटा ट्याक्टरबाट ११ हजार र सातवटा बसबाट चार हजार राजस्व संकलन भएको ट्राफिक प्रहरीको भनाइ छ । मंसिर महिनामा कात्तिक महिनाको तुलनामा २० हजार पाँच सय बढी राजस्व र ११ वटा बढी सवारी साधन कारबाहीमा परेको ट्राफिक प्रहरीको भनाइ छ ।

कात्तिक महिनामा दुई सय ६४ सवारी कारबाहीबाट एक लाख ७२ हजार राजस्व संकलन भएको चौधरीको भनाइ छ । कारबाहीमा पर्ने सवारी साधनहरूमा सवारी चालक अनुमतिपत्र नभएका, क्षमताभन्दा बढी यात्रु बोक्ने, सवारी पोसाक नलगाउने तथा प्रयोजनविपरीत सञ्चालित सवारीसाधनहरू रहेको ट्राफिक प्रहरीको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया