‘ब्ल्याक पिंक डान्स फेस्टिभल’को उपाधि क्लेस्टाइललाई
काठमाडौं, पुस १३
सामसुङ नेपालले सञ्चालन गरेको ‘ब्ल्याक पिंक डान्स फेस्टिवल २०१९’ को उपाधि क्लेस्टाइल टिमले हात पारेको छ । उत्कृष्ट १० प्रतिस्पर्धी समूहलाई पछि पार्दै क्लेस्टाइलले ‘ब्ल्याक पिंक डान्स फेस्टिभलको उपाधि रच्न सफल भएको हो । प्रतियोगितामा सहभागिता जनाएका झण्डै २०० प्रतिस्पर्धीलाई उछिन्दै अन्तिम प्रतिस्पर्धाका लागि छानिएका १० प्रतियोगी समूहबाट क्लेस्टाइल टिम आफूलाई अब्बल साबित गर्न सफल भएको हो ।
राजधानीमा शनिबार सम्पन्न भएको कोरियन म्युजिक डान्समा सहभागिता जनाएका समूहले विभिन्न के पप सङमा आफ्नो डान्स प्रस्तुत गरेका थिए । त्यसरी आफ्नो डान्स प्रस्तुत गर्नेहरुबाट प्रतिस्पर्धाका लागि निर्धारित तीन जनाको जुरी समूहले विजेता घोषणा गरेको हो । प्रतियोगितामा थ्रीएपीएम समूह दोस्रो हुन सफल भएको छ भने क्रेडो–इन क्रु समूह दोस्रो हुन सफल भएको छ । विजेतामध्ये प्रथम हुने टिमले चार सेट सामसुङ ए८० फोन, द्वितीय हुनेले सामसुङ ए५०एस र तृतीय हुनेले सामसुङ ए३०एस फोन सेट प्राप्त गरेका छन् ।
प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाका लागि गत मगलबार अन्तिम १० प्रतियोगी छनौट भएका थिए । उनीहरुलई सुरुमा कुनै पनि के पप संगमा १ मिनेटको नाच रेकर्ड गरी सामसुङ नेपालको आधिकारिक वेबसाइटमा त्यो भिडियो उपलब्ध गराउनुपर्ने प्रावधान तय गरिएको थियो । प्रतियोगितामा सहभागी हुनका लागि कम्पनीले डिसेम्बर महिनाको २० तारिखसम्मको समय उपलब्ध गराएको थियो । छनौटमा परेका १० प्रतिस्पर्धीले सामसुङ नेपालका तर्फबाट ५/५ हजारभन्दा बढीको उपहार प्राप्त गरेका छन् । त्यस्तै शनिबारको फाइनल राउण्डमा ४ सयभन्दा बढी दर्शकका बीच कोरियन संस्कृतिले भरिपूर्ण डान्स गर्ने अवसर पनि उनीहरुले प्राप्त गरे । त्यसक्रममा कोरियन संस्कृति झल्काउने किसिमले सहभागी दर्शकले समेत विभिन्न खालका गिफ्ट समेत प्राप्त गरे ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
- मिटर ब्याज पीडितको माग पूरा गर्न सांसदको माग
- नेपाल–भारत सीमा समन्वय बैठक
- सेयर बजारमा सामान्य अंकको बृद्धि
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया