Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पोद्वारा ‘द भ्वाइस अफ नेपाल’को प्रमुख प्रायोजनको घोषणा

ओप्पोद्वारा ‘द भ्वाइस अफ नेपाल’को प्रमुख प्रायोजनको घोषणा


काठमाडौं ।
ओप्पोले बहुचर्चित सिंगिङ रियालिटी टीभी शो ‘ओप्पो द भ्वाइस अफ नेपाल’को प्रमुख प्रायोजन गर्ने घोषणा गरेको छ । कम्पनीले ‘ओप्पो द भ्वाइस अफ नेपाल’को माध्यमबाट यूवाप्रतिभालाई प्रोत्साहनगर्ने सोचका साथहिमालया टीभी एचडीसंग सहकार्यको घोषणा गरेको हो ।

ओप्पोले द भ्वाइस अफ नेपालको प्रमुख प्रायोजकका रुपमा उक्त सहकार्यको घोषणा गरेको हो । सिंगिङ रियालिटी शोले नेपाली प्रतिभालाई दर्शकसामु आफ्नो गायनकला प्रदर्शन गर्दै लोकप्रियता कमाउने अवसर प्रदान गर्नेछ । नेपाली कला उद्योगकै लागि एक कोशेढुंगाका रुपमा स्थापित हुन सफल यो रियालिटी शोमा हजारौँ उत्साहित प्रतिस्पर्धीले सहभागिताका लागि आवेदन दिइसकेका छन् भने धेरैले यसैको माध्यमबाट लोकप्रियताको शिखर चुम्दै व्यावसायिक गायन क्षेत्रमा आफ्नो नाम समेत लेखाइसकेका छन् ।

‘ब्राण्डका रुपमा ओप्पोले सधैँ युवामाथि आफ्नो ध्यान केन्द्रित गर्दै तिनलाई सृजनात्मकरुपमा आफूमा निहित प्रतिभाको प्रस्तुति दिन प्रेरित गरिरहन्छ । कला, रचनात्मक अभिव्यक्ति र मनोरञ्जन उद्योग युवा पुस्ताको रुचिको विषय हो । तिनको रुचिसँग मेल खाएको लोकप्रिय कार्यक्रम ‘द भ्वाइस अफ नेपाल’को अभिन्न अंगका रुपमा सहकार्य गर्न पाउनु हाम्रा लागि खुसीको विषय हो’, ओप्पो नेपालका ब्राण्ड निर्देशक, पियरसन शेनले भने, ‘ओप्पो द भ्वाइस अफ नेपाल’ले युवा प्रतिभामा निहित गायन कलालाई लाखौँ–करोडौँ पारखी तथा दर्शकहरुमाझ प्रस्तुत गर्न उल्लेख्य मात्रामा सघाउने विश्वास गरिएको छ ।

साथै, यो कार्यक्रमले कला उद्योगलाई नयाँ प्रतिभाको अवलोकन तथा छनोटको अवसर समेत प्रदान गर्ने निश्चित छ । देशभर छरिएर बसेका युवा प्रतिभालाई आफ्नो कला प्रस्तुत गर्न तथा निखार्न यो प्ल्याटफर्मले उल्लेख्य मात्रामा सहयोग गरेको र गरिरहने आयोजकको भनाइ छ । साथै, तिनले मनोरञ्जन उद्योगमा आफ्नो स्थान सुनिश्चित पार्न समेत सघाउ मिल्नेमा दुई मत नरहेको आयोजकको दाबी छ । हिमालय टीभी एचडीका अध्यक्ष धर्मराज भुसालले कार्यक्रमप्रति क्षमतावान् प्रतिस्पर्धी तथा दर्शकहरुको उत्साहले थप हौसला प्रदान गरेको बताए ।

युवापुस्ताका इच्छा र तिनको मागलाई निरन्तर सम्बोधन गर्ने ब्राण्डका रुपमा परिचित ओप्पोलाई युवाहरुका प्रतिभा प्रोत्साहन लक्षित ‘द भ्वाइस अफ नेपाल’मा प्रमुख प्रायोजकका रुपमा पाउँदा आफूहरु थप उत्साहित भएको उनले बताए । यो सहकार्यले भ्वाइस अफ नेपालको यात्रालाई थप रोमाञ्चक बनाउने उनको भनाइ थियो । ओप्पो र द भ्वाइस अफ नेपालको यो सहकार्यले रियालिटी टीभी शोभन्दा माथि उठ्दै युवा कलाकारहरुलाई भविष्यका लागि मार्ग कोर्ने तथा मार्गप्रशस्त बनाउने कार्यमा समेत उल्लेख्य योगदान पुग्नेमा आफु विश्वस्त रहेको भुसालले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया