लिबर्टी इनर्जी कम्पनी लिमिटेडको दशौं वार्षिक साधारणसभा
काठमाडौं, पुस १४
लिबर्टी इनर्जी कम्पनी लि.को दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष कुश कुमार जोशीको सभापतित्वमा गत शुक्रबार साधारणसभा सम्पन्न भएको हो । उक्त साधारणसभाले कम्पनीको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्ने लगायतका प्रस्तावहरु परित गरेको छ । कम्पनीको कुल जारी पुँजी १ अर्ब ५० करोडमध्ये १ अर्ब १२ करोड ५० लाख रुपैयाँ संस्थापक सेयर चुक्ता भइसकेको छ । बाँकी ३७ करोड ५० लाख रुपैयाँ बराबरको आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारण समेतलाई साधारण सेयर (आईपीओ) जारी गर्न एनआईबीएल एस क्यापिटल लि.सँग सम्झौता भई धितोपत्र बोर्डबाट अन्तिम स्वीकृतिको लागि सम्पूर्ण कागजातहरु पेश गरिएको कम्पनीले जनाएको छ ।
हाल कम्पनीले ३ वटा जलविद्युत् आयोजनाहरु लमजुङ जिल्लामा माथिल्लो दोर्दी ‘ए’ र लोदो खोला साना जलविद्युत् आयोजना र बाग्लुङ जिल्लामा बडिगाढ खोला जलविद्युत् आयोजना अघि बढाएको छ । उक्त आयोजनाहरुमध्ये लमजुङ जिल्लास्थित २५ मे.वा. क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको हालसम्म करिब ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको र व्यापारिक उत्पादन गर्नुपर्ने मिति गत भदौ १४ रहे पनि गत साउन ८ गते दोर्दी खोलामा आएको भीषण बाढीले गर्दा आयोजनामा क्षति पु-याई निर्माणकार्यमा केही ढिला हुने भएकोले व्यापारिक उत्पादन मिति संशोधन गरिएको कम्पनीले जनाएको छ । आयोजनाको काम द्रुतगतिमा भइरहेको कम्पनीका प्रबन्धसञ्चालक डा. आत्माराम घिमिरेले जानकारी दिए ।
साथै कम्पनीद्वारा सर्भेक्षण अनुमतिपत्र प्राप्त २४.६ मे.वा. क्षमताको बडिगाड खोला जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भई आईईईको टीओआर समेत स्वीकृत भई अन्तिम स्वीकृतिको प्रक्रियामा रहेको छ । १.६ मे.वा क्षमताको लोदो खोला साना जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भई आईई रिपोर्ट पेश भएको र नेपाल विद्युत् प्राधिकरणसँग कनेक्सन एग्रिमेन्ट सम्पन्न भई पीपीए हुने चरणमा रहेका छन् । कम्पनीका सेयरधनीहरुको उल्लेख्य उपस्थिति रहेको उक्त साधारणसभा सम्पूर्ण सेयरधनीहरुको जिज्ञासाको जवाफ दिँदै सौहार्दपूर्ण रुपमा उल्लासपूर्वक सम्पन्न भएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया