Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभायानेटको ‘ट्रिपल ट्वान्टी अफर’

भायानेटको ‘ट्रिपल ट्वान्टी अफर’


काठमाडौं, पुस १५
अंग्रेजी नयाँ वर्ष २०२० को अवसरमा भायानेटले आफ्नो ग्राहकहरुका लागि ‘ट्रिपल ट्वान्टी अफर’ ल्याएको छ । कम्पनीले नयाँ वर्ष २०२० को सुमधुर सुरुवात गर्नका लागि २० एमबीपीएसको नयाँ इन्टरनेट प्लान ल्याएको हो । कम्पनीका अनुसार यो नयाँ इन्ट्री–लेबलको प्लान सीमित अवधिका लागि वार्षिक ११ हजार चार सय रुपैयाँमा उपलब्ध गराइएको छ, जसमा २ सय ५० भन्दा बढी च्यानलहरु भएको नेट टिभी निःशुल्क पाउनुका साथै जडान शुल्कमा एक हजार रुपैयाँ छुट प्रदान गरिनेछ । यसका साथै भायानेटले बजारमा आएको २० वर्ष पनि मनाइरहेकोले ‘ट्रिपल ट्वान्टी अफर’ नयाँ ग्राहकको लागि भायोनेटको परिवारसँग जोडिनका लागि उत्कृष्ट समय रहेको कम्पनीले बताएको छ । यो अफर ३० डिसेम्बर २०१९ देखि १४ जनवरी २०२० सम्म लागू हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया