हुन्डाई भेन्यु डिजिटल अभियानका विजेताहरु घोषित
काठमाडौं, पुस १५
नेपालका लागि हुन्डाई अटोमोबाइलको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोजना गरेको हुन्डाई भेन्यु डिजिटिल अभियानको भाग्यशाली विजेताहरुको नाम घोषणा गरेको छ । हुन्डाई भेन्युको प्रवर्द्धनको लागि आयोजना गरिएको अभियानमा ‘स्पट दि भेन्यु’ र ‘टेष्ट ड्राइभ भेन्यु एण्ड वीन’ दुई प्रतियोगिताहरुमध्ये ‘स्पट दि भेन्यु’मा १०६ प्रतियोगिहरु र ‘टेष्ट ड्राइभ भेन्यु एण्ड वीन’मा ७ सय १६ प्रतियोगीहरुले सहभागिता जनाएका थिए ।
अत्यधिक प्रतिक्रिया प्राप्त गरिएको अभियानका विजेताहरु लक्की–ड्रबाट छानिएको हो । स्पट भेन्यु एक खुला प्रतियोगिता थियो जसमा कुनै पनि व्यक्तिले हुन्डाई भेन्युका साथमा आफ्नो तस्विर लिई फेसबुकमा पब्लिक बनाई पोष्ट गर्नुपर्ने थियो । सो पोष्टमा अनिवार्य रुपमा ह्याक्स हुन्डाई भेन्यू, ह्याक्स इन्टरनेश्नल डेस्टिनेसन (सिंगापुर/मलेसिया/ थाइल्याण्ड/दुवई ) र ह्याक्स डोमेस्टिक डेस्टिनेसनमा (पोखरा/चितवन/नगरकोट/धुलिखेल) उल्लेख गर्नुपर्ने थियो । लक्की ड्रमार्फत छानिएका दुई भाग्यशाली विजेता मध्ये करिम खानले धुलिखेलको डोमेस्टिक ट्रिप र बलराम विष्टले थाइल्याण्डको इन्टरनेशनल ट्रिपको प्याकेज जितेका छन् ।
त्यसरी नै टेष्ट ड्राइभ भेन्यु एण्ड वीन प्रतियोगिताअन्तर्गत प्रतियोगिहरुले नेपालभर रहेको कुनै पनि हुन्डाईको शोरुममा गई टेष्ट ड्राइभ गरेर सहभागिता जनाएका थिए । सबै प्रतियोगीमध्ये बसन्त कुमार श्रेष्ठ, सुमन राज रिजाल र इन्द्र बहादुर सुनुवार तीन भाग्यशाली विजेता बन्न सफल भएका छन् । बिजेताहरुले आफ्ना जोडिका लागि पोखरा/चितवन/नगरकोट/धुलिखेलमा डोमेस्टिक ट्रिप जितेका छन् ।
हुन्डाई भेन्युको २२ अगस्ट २०१९ मा नेपालमा भव्यताका साथ बिक्रीवितरण सुरु गरिएको थियो । सुरुवातकै छोटो अवधिमा हुन्डाई भेन्युले अटोमोवाइल बजारमा आफ्नो वर्चस्व कायम गरेको छ । अटोमोबाइल बजारमा निकै राम्रो पकड भएको हुन्डाई भेन्युले हालै आयोजित आई.सी.ओ.टी. वाई २०२० को अन्तर्गत भारतीय कार अफ दि इयर अवार्ड पनि प्राप्त गरेको छ । यस विधामा पुरष्कृत हुने भेन्यु हुन्डाईको छैटौं मोडेल बन्न पुगेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- महिलाहरुलाई दिल्लीमा बेचबिखन गरेको अभियोगमा बाँकेकी एक महिला पक्राउ
- छुट्टाछुट्टै सवारी दुर्घटनाबाट सात जनाको मृत्यु
- विभिन्न ठाउँमा चार व्यक्ति मृत अवस्थामा फेला
- अध्यादेश जारी गरेर भएपनि भूमिहीनलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता
- विभिन्न ठाउँमा आगलागीबाट लाखौँको क्षति
- वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई लाई किन सोध्यो नेपाल नागरिक उड्डयन प्राधिकरणले सात दिने स्पष्टीकरण ?
- कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन: नेपालमाथिको अन्याय रोकिनुपर्छ
- सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया