Techie IT
×
गृहपृष्ठकर्पोरेटटीभीएसको म्याक्स सेमी ट्रेल बाइक नेपाली बजारमा

टीभीएसको म्याक्स सेमी ट्रेल बाइक नेपाली बजारमा


काठमाडौं, पुस १५
नेपालको लागि टीभीएस मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले टीभीएस म्याक्स सेमी ट्रेल १२५ सिसिको बिक्री सुरु गरेको छ । कम्पनीको उपाध्यक्ष दीपक अग्रवाल र नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं पीपीएल च्याम्पियन टिम चितवन राइनोजका कप्तान पारस खड्काले संयुक्त रुपमा टीभीएस म्याक्सलाई सार्वजनिक गरेका हुन् । पोखराको क्रिकेट मैदानमा सम्पन्न पिपिएलको अन्तिम चरणको खेलपछि उनीहरुले उक्त मोटरसाइकल सार्वजनिक गर्दै बिक्री प्रारम्भ भएको जानकारी गराएका हुन् । अफ् रोड टायर, हाई ग्राउण्ड क्लियरेन्स, ब्याकबोन च्यासिस, सिरिज स्पिङ्ग टेक्नोलोजीलगायतका विशेषता उक्त मोटरसाइकलमा रहेको कम्पनीले जनाएको छ ।

टीभीएस म्याक्स सेमी ट्रेलमोटरसाइकलको निर्माण अत्यधिक पावर दिने गरी, सबैभन्दा बढी सुविधा मिल्ने गरी र अत्याधिक माइलेज प्रदान गर्ने गरी गरिएको छ । यसले गर्दा मोटरसाइकल अहिलेसम्म बजारमा उपलब्ध अन्य मोटरसाइकलहरुको तुलनामा अत्यन्त शक्तिशाली, लागत बचत, अधिक मजबुत लगायत अन्य थप विशेषताहरुले भरपूर रहेको कम्पनीको दाबी छ । साथसाथै यसमा १२५ सिसिको इको सफ्ट इन्जिन जडान गरिएको छ भनें यसको इन्धन ट्याँकीमा १४.५ लिटर भर्न सकिन्छ, जसको कारणले अत्याधिक माइलेजका साथपर्याप्त सवार गर्न सकिन्छ । टीभीएस म्याक्स सेमी ट्रेल देशभर रहेका टीभीएस शो रुमहरुमा उपलब्ध गराइएको कम्पनीले बताएको छ । हाल यसको बजार मूल्य दुई लाख ३९ हजार नौ सय रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बिक्रीपछिको सर्भिसको लागि पनि सेवा उपलब्ध रहेको छ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया