रिचार्जर र नेपाल भ्रमण वर्ष सचिवालयबीच सम्झौता
काठमाडौं, पुस १५
नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्ने सन्दर्भमा मोबाइल एप रिचार्जर र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबीच सम्झौता भएको छ । एउटै प्लेटफर्मबाट विभिन्न किसिमका सेवा दिँदै आएको रिचार्जरलाई नेपाल भ्रमण वर्ष २०२० को इ–कमर्स पार्टनर बनाउने सन्दर्भमा सम्झौता भएको हो । सम्झौतापत्रमा रिचार्जरका तर्फबाट ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडर तथा नेपाल भ्रमण वर्ष २०२० सचिवालय सदस्य बच्चु नारायण श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरे ।
सम्झौताअनुसार रिचार्जरले आफ्नो व्यावसायिक अभियानका दौरान भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने किसिमका प्रवर्द्धनात्मक अभियान सञ्चालन गर्नेछ । भ्रमण वर्षलाई प्रवर्द्धन गर्ने योजना समेट्दै रिचार्जरले विभिन्न किसिमका अफर तथा इभेण्टहरुको आयोजना गर्नेछ । यसका लागि भ्रमण वर्ष सचिवालयले आवश्यक सहकार्य गर्नेछ । सम्झौतासँगै रिचार्जरले सचिवालयसँगको सहकार्यमा रिचार्जर बिग सेल २०२० को सुरुवात गर्दैछ ।
सोमबार साँझ पर्यटनमन्त्री योगेश भट्टराईले एक कार्यक्रमका बिच उक्त अभियानको सुरुवात गर्दैछन् । अहिले डाउनलोड गर्नुस, समय र पैसाको बचत गर्नुस् भन्ने नारा सहित रिचार्जरले दैनिक प्रयोगमा आउने सेवाहरु एकैस्थानमा उपलब्ध गराउँदै आएको छ । रिचार्जरले जतिको मोबाइल रिचार्ज गर्यो त्यत्ति नै क्यास प्वाइन्ट दिँदै आएको छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जर बाट सामान खरिद गर्दा छुटका रुपमा प्रयोग गर्न सकिन्छ । सेवा र किनमेलका लागि उपयोगी रिचार्जरमा ७० प्रतिशतसम्मको छुटमा सामानहरु किन्न सकिन्छ । त्यसै गरी विभिन्न बैंकहरुसँगको सहकार्यमा शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा ग्याजेट, ईलोक्ट्रोनिक्स, टुर प्याकेज, फर्निचर लगायतका घरायसी उपयोगका सामानहरु पनि किन्न सकिन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया