नाडाको पदाधिकारी चयन
काठमाडौं, पुस १६
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ कार्यसमितिका पदाधिकारीहरु चयन भएका छन् । नाडाको संशोधित विधान २०७१ को दफा २०.७ बमोजिम सोमबार केन्द्रीय कार्य समितिका पदाधिकारीहरुको निर्वाचन कार्य सम्पन्न भएको हो । नाडाको गत पुस ४ गते भएको साधारणसभाले कृष्णप्रसाद दुलालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । विधानअनुसार कार्यसमिति सदस्यबाट पदाधीकारीहरु मनोनीत गरिने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम सोमबार बसेको नयाँ कार्यसमितिको पहिलो बैठकले पदाधिकारी चयन गरेको नाडाले जनाएको छ ।
विधानअनुसार नाडाको पदाधिकारीमा निवर्तमान अध्यक्ष सम्भुप्रसाद दाहाल, संस्थागत उपाध्यक्षमा सुवास आचार्य र नवराज डल्लाकोटी, उपाध्यक्षमा करण चौधरी र आकाश गोल्छा चयन भएका छन् । यस्तै महासचिवमा सुनील रिजाल, सचिवमा अनुपकुमार बराल, कोषध्यक्षमा सुरेन्द्रकुमार उप्रेती र सह–कोषाध्यक्षमा विक्रम सिंघानीया चयन भएका छन् । त्यस्तै संस्थागत केन्द्रीय कार्यसमिति सदस्य ध्रुबबहादुर थापा, संस्थागत केन्द्रीय कार्यसमिति सदस्य ऋषिकुमार ढकाल चयन भएका छन् भने केन्द्रीय कार्यसमिति सदस्यमा राजनबाबु श्रेष्ठ, अभिक ज्योति, मिलनबाबु मल्ल, दीपक अग्रवाल, निराकार श्रेष्ठ, सुरज भट्टराई, पंकज अग्रवाल र निलमणि पाठक रहेका छन् । त्यसैगरि अध्यक्षबार केन्द्रिय कार्यसमिति सदस्यमा प्रकाश कपुरी, कपिल शिवाकोटी र शुभासिस थपलिया मनोनीत भएका छन् ।
बैठकमा नाडाका निवर्तमान अध्यक्ष शम्भुप्रसाद दाहालले नयाँ अध्यक्ष कृष्णप्रसाद दुलाललाई कार्यभार हस्तान्तरण गरेका थिए । त्यस्तै नाडाले राजनबाबु श्रेष्ठलाई नाडा अटो–शोको संयोजक चयन गरेको छ । टु–ह्विलर्स समितिको सभापतिमा अभिक ज्योति, फोर ह्विलर्स समितिको सभापति करण चौधरी तथा सडक सुरक्षा तथा वातावरण समिति सभापतिमा निराकार श्रेष्ठ, ट्याक्टर–वर्कसप समितिको संयोजकमा कपिल शिवाकोटी, राजस्व समितिको संयोजकमा दीपक अग्रवाल र प्रचार समितिको संयोजकमा अनुप बराललाई चयन गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया