Techie IT
×
गृहपृष्ठकर्पोरेटसिप्रदीद्वारा पोखरामा मोटरसाइकल वर्कशपलाई म्याक सर्भमा स्तरोन्नति

सिप्रदीद्वारा पोखरामा मोटरसाइकल वर्कशपलाई म्याक सर्भमा स्तरोन्नति


काठमाडौं ।
भारत पेट्रोलियम कर्पोरेसन लिमिटेडद्वारा उत्पादित विश्वप्रसिद्ध म्याक ल्युब्रिकेन्ट्स र नेपालका लागि म्याक ल्युब्रिकेन्ट्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिको संयुक्त परियोजनामा, नेपालको पर्यटकीय स्थल पोखराको केन्द्रविन्दु राष्ट्र बैंक चोकमा रहेको श्रीराम मोटरसाइकल वर्कशपलाई म्याक सर्भमा स्तरोन्नति गरिएको छ । म्याक सर्भको उद्घाटन भारत पेट्रोलियम कर्पोरेसन लिमिटेड ल्युब्सका कन्ट्री म्यानेजर मुकुन्द धमला, सिप्रदी ल्युब्सका डेपुटी जनरल म्यानेजर रोशन कुमार श्रेष्ठ र टु ह्विलर एसोसिएसन पोखराका अध्यक्ष लक्ष्मण केसीको उपस्थितिमा भएको हो ।

म्याक सर्भमा ग्राहकहरूले अत्याधुनिक उपकरणहरूबाट उत्कृष्ट र उच्चस्तरीय सर्भिसिङ सेवा प्राप्त गर्न सक्नेछन् । जहाँ म्याक ल्युब्रिकेन्ट्सको प्रयोग गरी मोटरसाइकल तथा स्कुटरहरूको सर्भिसिङ सेवा प्रदान गरिनेछ । वर्कशपमा ग्राहकहरूले कुनै पनि ब्राण्डको मोटरसाइकल तथा स्कुटरहरूको सर्भिसिङ गरी उत्कृष्ट सेवा प्राप्त गर्न सक्नेछन् । यस वर्कशपले विभिन्न ब्राण्डका जेन्युइन पार्टपुर्जाहरू पनि उपलब्ध गराउँदै आइरहेको छ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया