Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबीएमडब्ल्यूको आधिकारिक बिक्री सुरु

बीएमडब्ल्यूको आधिकारिक बिक्री सुरु


काठमाडौं ।
नेपालको लागि बीएमडब्ल्यू मोटर्सको एकमात्र आधिकारिक आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले काठमाडौंको तीनकुनेमा १० हजार १६५ वर्गफिटको भव्य शोरुमसहित बीएमडब्ल्यू ब्राण्डको आधिकारिक बिक्री सुरु गरेको छ । जर्मन ब्राण्ड बीएमडब्लुलाई नेपाली बजारमा स्थापित गर्न र बजारीकरण गर्न लक्ष्मी प्रिमियमले बीएमडब्ल्यू एसिया र बीएमडब्ल्यू बंगलादेशसँग सहकार्य गरेको छ । बीएमडब्ल्यू ब्राण्डले अन्तर्राष्ट्रियस्तरको शोरुमले नेपाली प्रिमियम कारको अपेक्षा राख्ने ग्राहकहरूलाई उत्कृष्ट ‘ब्राण्ड’को अनुभूति प्रदान गर्ने र प्रिमियम ‘वनर सिप जर्नी’ प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ ।

नेपालमा बीएमडब्ल्यू ब्राण्ड र नयाँ शोरुमको सुरुवात गर्दै बीएमडब्ल्यू ग्रुप एसियाका प्रबन्धनिर्देशक क्रिस्टोफर वेनरले लक्ष्मी प्रिमियम मोटर्ससँगको सहकार्यबाट बीएमडब्ल्यू उत्साहित भएको बताए । उनका अनुसार नेपाली बजार बीएमडब्ल्यूको लागि निकट भविष्यमा उदाउँदो बजार हो भने लक्ष्मी प्रिमियम मोटर्ससँगको सहकार्यले नेपालमा बीएमडब्ल्यू ब्राण्डको उपस्थिति बलियो हुनेछ ।

साथै, बीएमडब्ल्यूका ग्राहकहरूले ‘डाइनामिक, इनोभेटिभ तथा बोल्ड’ कारको अनुभव गर्न पाउनेछन् । ‘हामी नेपालमा छुट्टै किसिमको ड्राइभिङ अनुभव प्रदान गर्न चाहन्छौँ । हामी हाम्रा ग्राहकहरूलाई गाडी किन्ने नयाँ अनुभव प्रदान गर्न चाहन्छौं र उनीहरू सधैँ हाम्रो केन्द्रमा छन् । त्यसैले हामीले विश्वस्तरीय ‘स्टेट अफ आर्ट’ फिचरले भरिपूर्ण शोरुम निर्माण गरेका छौँ । हाम्रो टिम तपाईंहरूलाई उत्कृष्ट बिक्री र बिक्रीपछिको सेवा दिन कटिबद्ध रहेको छ’, लक्ष्मी प्रिमियमका कार्यकारी निर्देशक निराकार श्रेष्ठले भने, ‘हामी हाम्रा ग्राहकलाई गाडी खरिदमा अविस्मरणीय क्षणको अनुभव दिलाउन चाहन्छौँ ।’

उनका अनुसार ग्राहकले कम्पनीको ब्राण्ड न्यू शोरुममा प्रवेश गर्दा उत्कृष्ट लाउन्ज र आकर्षक ‘इसेटा बार’को अनुभव गर्न पाउनेछन् । जहाँ कम्पनीका विभिन्न ४ मोडलको प्रदर्शनी देख्न सकिनेछ भने अर्कोतर्फ रहेको सर्भिस एरियाले जो कोहीलाई लोभ्याउनेछ । यस शोरुमबाट गाडी खरिद गर्ने ग्राहकले फरक किसिमको अनुभूति गर्न सक्नेछन् ।

कम्पनीले ग्राहकलाई अहिलेको विषम परिस्थितिमा ‘कन्ट्याक्ट लेस’ टेष्ट ड्राइभको सुविधा उपलब्ध गराउने बताएको छ । यसको लागि ग्राहकले लक्ष्मी प्रिमियमको वेबसाइट वा फोन कलको माध्यमबाट आफ्नो टेष्ट ड्राइभ बुक गर्न सक्नेछन् । टेष्ट ड्राइभमा छनोट गरेको वा खरिद गरेको कार पूर्णतया सेनिटाइज गरिएको हुने कम्पनीको भनाइ छ । ग्राहकले छनौट गरेको उक्त कारलाई ग्राहककै स्थानमा कम्पनीले उपलब्ध गराउनेछ । ग्राहकको कुनै पनि जिज्ञासालाई कम्पनीले उपस्थित भएरै वा भर्चुअल माध्यमबाट समाधान गर्ने जनाएको छ ।

बीएमडब्ल्यू बंगलादेशले नेपालमा बीएमडब्ल्यूको बजार स्थापित गर्न बिक्री र बिक्रीपछिको सेवा प्रदान गर्ने पूर्वाधारहरूको तयारी गर्न र उच्चस्तरीय ग्राहक सेवालाई प्राथमिकता दिन ‘मेन्टर’को बलियो भूमिका निर्वाह गरेको छ । साथै, बीएमडब्ल्यू बंगलादेशले विगतमा पाएको सफलताको उदाहरणलाई लक्ष्मी प्रिमियम मोटर्सले नेपालमा पनि दोहो-याउने अपेक्षा गरिएको छ ।

बीएमडब्ल्यू बंगलादेशले सन् २०१८ मा बीएमडब्ल्यू ७ सिरिजले सर्वाधिक ग्रोथ अवार्ड, २०१६ मा उत्कृष्ट १० बिक्री हुने कारको रुपमा ‘उत्कृष्ट बीएमडब्ल्यू ७ सिरिज डिलर’ अवार्ड सर्वोत्कृष्ट बिक्रीको लागि, २०१३ र २०१४ सर्बोत्कृष्ट बिक्रीपछिको सेवा अवार्ड, २००९ मा ‘टप पाटर्स एचिभमेन्ट अवार्ड’, २००४ मा ‘वेष्ट बीएमडब्ल्यू फेसिलिटी अवार्ड’ जित्न सफल भएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया