Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल स्टारमा ‘वृज सिमेन्ट एक्सपर्ट च्वाइस नेपाल स्टार एक्सपर्ट अफ द डे’ घोषणा गरिने

नेपाल स्टारमा ‘वृज सिमेन्ट एक्सपर्ट च्वाइस नेपाल स्टार एक्सपर्ट अफ द डे’ घोषणा गरिने


काठमाडौं ।
वृज सिमेन्टले नेपाल स्टार सांगीतिक कार्यक्रमका १० उत्कृष्ट प्रतियोगीहरूलाई प्रत्येक हप्ताको प्रतिस्पर्धापछि ‘वृज सिमेन्ट एक्सपर्ट च्वाइस नेपाल स्टार एक्सपर्ट अफ द डे’ घोषणा गर्ने भएको छ । साथै कम्पनीले विजेतालाई प्रत्येक हप्ता १० हजार रुपैयाँका दरले नगद र ट्रफी प्रदान समेत गर्ने वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिका प्रबन्धनिर्देशक मनोज कुमार केडियाले बताए ।

मंगलबार आयोजना गरिएको नगद पुरस्कार घोषणा कार्यक्रममा उनले वृज सिमेन्ट जहिले पनि देशका हरेक विधाका ऊर्जाहरूलाई सहयोग र प्रेरणा गर्न तत्पर रहेको बताए । नेपाल स्टारमा वृज सिमेन्ट पावर बाई स्पोन्सर खण्डमा रहेको र नेपाली कला, संस्कृति, गीत र संगीतलाई माथि उठाउन हातमा हात मिलाएर अगाडि बढ्न तयार रहेको बताए ।

नेपाल स्टार नेपालको आफ्नै गायन प्रतियोगिता हो जुन प्रतियोगिताको लागि नेपालभरबाट अडिसन लिई गत वर्ष फागुन २४ गतेदेखि नेपाल टेलिभिजनवाट प्रसारण सुरु भएको हो । नेपाल स्टारको यो पहिलो सिजन हो । उक्त कार्यक्रममा नेपाल स्टारका निर्णायक आलोक श्री, रामकृष्ण ढकाल, अन्जु पन्त, नेपाल स्टारका निर्देशक रवि श्रेष्ठ एवं कि एडभरटाइजिङ्ग सर्भिस प्रालिका प्रबन्धनिर्देशक रविन्द्र कुमार रिजाल लगायतको उपस्थिति थियो ।

कम्पनीका अनुसार वृज सिमेन्ट एवं केडिया अर्गनाइजेसन रेडियो नेपालदेखि गीत संगीतको क्षेत्रमा संलग्न हुँदै आइरहेको छ । कम्पनीको ३० वर्षअगाडि रेडियो नेपालबाट प्रसारण हुने ‘सुन्दर सुशील’ सांगीतिक कार्यक्रमबाट आफ्नो यात्रा सुरु गरेको संगीतको बाटो आज नेपाल स्टारसम्म आइपुगेको छ । भोटको आधारमा प्रत्येक हप्ता एक जना प्रतिस्पर्धी बाहिरिने र उक्त मञ्चबाट कोही एक जनालाई प्रत्येक हप्ता वृज सिमेन्टको तर्फबाट ‘वृज सिमेन्ट एक्सपर्ट च्वाइस नेपाल स्टार एक्सपर्ट अफ द डे घोषणा’ गरी १० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया