नेपालमा वानप्लस रि–लन्च गर्दै क्रेटोस टेक्नोलोजिज

काठमाडौं ।
स्मार्टफोन ब्राण्ड वानप्लस नेपाली बजारमा पुनः सार्वजनिक हुने भएको छ । वानप्लसको फ्ल्यागसिप मोडल वानप्लस एटप्रोका साथमा वानप्लसका प्रिमियम स्मार्टफोनहरु वानप्लस नोर्ड फाइभ जी र वानप्लस नोर्ड एनटेन फाइभ जी नेपाली बजारमा आउने भएको हो ।
वानप्लसका लागि आधिकारिक बिक्रेताको रुपमा तोकिएको क्रेटोस टेक्नोलोजिज प्रालिमार्फत आगामी मंसिर २९ गतेबाट नेपाली बजारमा उक्त तीन मोडल उपलब्ध हुनेछन् । गत वर्ष वानप्लसले ९० हर्जको फ्ल्युड एमोलेड डिस्प्लेका साथमा आफ्ना नयाँ स्मार्टफोन बजारमा ल्याएसँगै वानप्लसका उपभोक्ताको आकर्षण उल्लेख्य रुपमा बढेको थियो भने यस वर्ष फाइभ जी प्रविधि र थप उत्कृष्ट डिस्प्लेका माध्यमबाट वानप्लसले आफ्ना प्रयोगकर्तालाई फाष्ट एण्ड स्मूथ अनुभूति दिलाउन थप सफल रहने विश्वास लिएको छ ।
नेपाली उपभोक्तामाझ निक्कै लोकप्रिय रहेको वानप्लसले क्रेटोस टेक्नोलोजिज प्रालिलाई नेपालका लागि आधिकारिक विक्रेता नियुक्त गरेसँगै नेपाली बजारमा वानप्लसले सफलताको नयाँ उचाइ हासिल गर्ने कम्पनीको भनाइ छ । क्रेटोस टेक्नोलोजिजको देशव्यापी बलियो वितरण सञ्जाल र प्रतिबद्ध बिक्रीपश्चात्को सेवाका माध्यमबाट वानप्लसका उपभोक्ताले थप लाभ हासिल गर्नसक्ने अवस्थाको विकास भएको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार बुधबारबाट नै वानप्लसका तिनै मोडलका स्मार्टफोनहरु क्रेटोस टेक्नोलोजिज प्रालि प्रि–बुकिङ सुरु गरेको छ । प्रि–बुकिङकर्ताले मंसिर २९ गतेबाट डेलिभरी प्राप्त गर्न सुरु गर्नेछन् । अनलाइन प्लेटफर्म दराज तथा सस्तोडिल तथा क्रेटोस टेक्नोलोजिजका देशभर छरिएर रहेका रिटेल स्टोरमार्फत वानप्लसको प्रि–बुकिङ गर्न सकिने कम्पनीको भनाइ छ । यसरी प्रि–बुकिङ गर्ने ग्राहकमध्ये यसको फ्ल्यागसिप मोडल वानप्लस एटप्रोका ग्राहकहरुले एक वर्षको स्क्रिन ब्रेकेज इन्स्योरेन्स तथा वानप्लस कम्युनिटी डिस्काउन्ट कार्ड समेत प्राप्त गर्न सक्नेछन् ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- महालक्ष्मी विकास बैंकद्वारा पोशाक वितरण
- ज्योति विकास बैंकद्वारा स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान
- सिटिजन्स बैंक र एएसजीआई केयर एण्ड हेल्थ सर्भिसेसबीच छुट सम्झौता
- सिभिल लघुवित्तद्वारा सेयर मूल्य समायोजन
- जनउत्थान लघुवित्तले कमायो दुई करोड ७४ लाख
- बेइजिङको अनुसन्धानमा परेपछि ज्याक माले गुमाए चिनियाँ धनीको उपाधि
- बम राखिएको हल्लापछि ताजमहल बन्द
- बंगलादेशको निर्यातमा कोरोना महामारीको असर
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- इन्टिग्रिटी आइकन २०२० सार्वजनिक
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
तपाईको प्रतिक्रिया