फोर्ड इकोस्पोर्ट २०२१ संस्करणको बुकिङ खुल्ला

काठमाडौं ।
फोर्ड गाडीको लागि नेपालको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्स प्रालि (जीओ फोर्ड)ले नयाँ फोर्ड इकोस्पोर्ट २०२१ संस्करण बुकिङ खुल्ला गरेको छ । सन् २०१३ मा बिक्री सुरुवात भएको र सन् २०१७ मा प्रमुख अद्यावधिक (ड्र्यागन सिरिज इन्जिनजडित) फोर्ड इकोस्पोर्ट कम्प्याक्ट एसयूभी सेगमेन्ट÷श्रेणीमा नै खेल परिवर्तनको रुपमा आएको थियो ।
कम्पनीका अनुसार यसको शक्तिशाली प्रदर्शन, बहुमुखी प्रतिभा, क्षमता, परिष्कृत स्टाइल र उच्चतम प्रविधिले नेपालीको मन जितेको छ । यसले लगातार नयाँ सुविधाहरु र प्रविधिहरुको साथ आफ्नो श्रेणी/सेगमेन्ट नै पुनः परिभाषित गर्दै आएको छ । फोर्ड इकोस्पोर्टमा ग्राहकको विश्वासको कारण मोडल २०२० सम्पूर्ण रुपमा बिक्री भइसकेको छ तथा नयाँ मोडल २०२१ को लागि २०२० को मूल्यमा नै बुकिङ खुल्ला गरिएको कम्पनीले जनाएको छ ।
यो योजना सीमित अवधिको लागि मात्र उपलब्ध हुने कम्पनीको भनाइ छ । सन् २०२१ संस्करण इकोस्पोर्ट भारत स्टेज भीआईमा आधारित पेट्रोल र डिजेल इन्जिनका साथ २०२० संस्करण मूल्यमा बुकिङ खुल्ला गरिएको छ । यो गाडी ड्राइभिङ्गको लागि रमाइलो, शक्तिशाली र पेट्रोल/डिजेल इन्जिनको लागि विशिष्ट रोजाइ रहेको छ । लाइन–अपमा फोर्डको नयाँ ३ सिलिन्डरयुक्त १.५लि. टीआई–भीसीटी पेट्रोल इन्जिन समावेश छ । जसले १२२ पीएस पावर र १४९ एनएम टर्क क्षमता प्रदान गर्दछ । पेट्रोल इन्जिन पाँच स्पिड म्यानुअल ट्रान्समिसन र ६ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ ।
इकोस्पोर्ट डिजेलमा फोर्डको विश्वस्त र भरपर्दो बीएसभीआईमा आधारित १.५ लि. टीडीसीआई डिजल इन्जिन रहेको छ जसले १०० पीएस पावर र २१५ एनएम टर्क के प्रदान गर्दछ । साथै र यो म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ । यस इकोस्पोर्टले आकर्षक बाहिरी बनावट, आरामदायी भित्री बनावट तथा स्टाइललाई कायम राखेको छ । साथै यो सनरुफ जडित भेरियन्टमा पनि उपलब्ध छ ।
२०२१ इकोस्पोर्टमा ग्राहकहरुको लागि अतुलनीय सुरक्षा, आरामदायी सवारीका साथै हरेकपल कनेक्टेड रहन उच्चतम प्रविधिहरु जडान गरिएको छ । कम्पनीका अनुसार चालक र यात्रीको सुरक्षाको लागि ६ वटासम्म एयरब्याग रहेको छ । यसको माथिल्लो मोडेलमा मनोरञ्जन तथा कनेक्टिभिटीको लागि ८ इन्चको टचस्क्रिनयुक्त एसवाईएनसी ३ सिस्टम, एप्पलकारप्ले तथा एण्ड्रोइड अटो अनुकूलतामा टप–इन लाइन इकोस्पोर्ट भेरियन्ट उपलब्ध छ ।
९ इन्च टचस्क्रिन–आधारित इन्फोटेनमेन्ट प्रणाली र सबैजसो भेरियन्टमा एम्बेडेड नेभिगेसन रहेको कम्पनीले जनाएको छ । सवारी आरामदायी तथा सुविधाजनक बनाउन अरु धेरै उच्चतम प्रविधि जस्तै स्वचालित हेडल्याम्प, पुस बटन, स्टार्ट/स्टप, डीआरएल रेन सेन्सिङ वाइपर आदि पाउन सकिने कम्पनीको भनाइ छ ।
ताजा अपडेट
- श्रीलंकामा चीनले ‘ऋण दिएर फसाउने कूटनीतिक चाल’ चालेकै हो त ?
- कुमारी बैंकको अगुवाइमा माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको सहवित्तीयकरण सम्झौता
- महासंघ र बैंकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्ने सम्झौता
- त्रिवेणी व्यापारको आयोजनामा रिटेलर्स मिट कार्यक्रम
- सातै प्रदेशमा आधुनिक कृषि प्रविधि
- भुइँचालोपछि खोसिएको बारपाकको सांस्कृतिक सौन्दर्य
- आममाफीले आपराधिक घटना बढ्ने डर
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया