
काठमाडौं ।
ओप्पोले ‘ओ–फ्यान्स फेस्टिवल’ एसएमएस क्याम्पेनको घोषणा गरेको छ । सुरुवाती दिनदेखि नै ब्राण्डप्रति आफ्ना उपभोक्ताले देखाएको प्रगाढ प्रेम र अतुलनिय समर्थनका लागि कृतज्ञता ब्यक्त गर्ने सोचका साथ कम्पनीले ‘ओ–फ्यान्स फेस्टिवल’ एसएमएस क्याम्पेनको घोषणा गरेको हो । डिसेम्बर १ देखि प्रारम्भ गरिएको सो एसएमएस उपहार योजनामा सहभागिता जनाई उपभोक्ताले ओप्पोका हरेक उपकरणको खरिदमा आकर्षक उपहारहरु जित्ने अवसर पाउनेछन् । ‘ओ–फ्यान्स फेस्टिवल’ क्याम्पेन जनवरी १०, २०२१ सम्म लागु हुने कम्पनीले जानकारी दिएको छ ।
‘ग्लोबल कम्पनीका रुपमा ओप्पोले सधैँ नै स्थानीयकरणमा विश्वास गर्दै आइरहेको छ । नेपाल हाम्रा लागि विशेष प्राथमिकता बोकेको बजार हो । यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादापन वास्तवमै प्रेरणादायी छ । नेपालमा सुरुवाती दिनदेखि नै ब्राण्डप्रति उपभोक्ताले देखाएको प्रगाढ प्रेम र अतुलनीय समर्थनका लागि कृतज्ञता व्यक्त गर्ने सोचका साथ हामीले ‘ओ–फ्यान्स फेस्टिबल’ एसएमएस उपहार योजनाको घोषणा गरेका हौँ’, ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।
क्याम्पेन अवधिभर कुनै पनि ओप्पोका उत्पादनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्छन् । सहभागिताका लागि उपभोक्ताले, फोनका लागि : ओफ्यान्स स्पेस आईएमईआई र आईओटी उपकरणका लागि : ओफ्यान्स स्पेस सीएमईआई वा डीसी कोड उल्लेख गरी ३७००१ नम्बरमा एसएमएस पठाउनुपर्ने हुन्छ । यसरी प्राप्त एसएमएसमार्फत हरेक चरणमा १ जना भाग्यशाली विजेताको छनोट गरिने कम्पनीको भनाइ छ । भाग्यशाली विजेताले ओप्पोका तर्फबाट आकर्षक उपहार जित्नेछन् ।
विजेताहरुको घोषणा हरेक हप्ताको अन्त्यमा ओप्पो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजहरु मार्फत गरिने कम्पनीले जनाएको छ । क्याम्पेन अवधिभर, लक्कि ड्रमा विजेताका रुपमा छनोटमा नपरेका सहभागीलाई स्वतः अर्को लक्की ड्रका लागि सहभागिताको अवसर प्रदान गरिनेछ । कम्पनीका अनुसार एकपटक सहभागिता जनाइसकेपछि सहभागीले अन्तिम लक्कि ड्रसम्म जित हात पार्ने अवसर प्राप्त गर्नेछन् । डिसेम्बर १ देखि सञ्चालनमा ल्याइएको यस उपहार योजना डिसेम्बर १० जनवरी, २०२१ सम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।
ताजा अपडेट
- नेपालको उद्योग क्षेत्रमा चीन र अमेरिकाबाट धेरै लगानी
- देशभरको माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल एसियामै पहिलो
- सरकारको तीन वर्ष र विकासको गति
- सरकार खोइ ?
- शाइन रेसुंगा डेभलपमेन्ट बैंक १३औं वर्षमा प्रवेश
- नबिल बैंकद्वारा भैरहवा कान्छी बजारको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवा सुरु
- बैंक अफ काठमाण्डूको अगुवाइमा अप्पर खुदी जलविद्युत् आयोजनामा कर्जा
- कतार एयरवेज यूईएफए युरोको आधिकारिक एयरलाइन प्रायोजक
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया