‘रोट्र्याक्ट डिस्ट्रिक्ट कन्फरेन्स’
काठमाडौं,पुस १७
रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२, नेपाल र भुटानको आयोजनामा १२औँ रोट्र्याक्ट डिस्ट्रिक्ट कन्फरेन्स सम्पन्न भएको छ । सम्मेलनको रोटरी नेपालका डिष्ट्रिक्ट गभर्नर किरण लाल श्रेष्ठले उद्घाटन गरेका थिए । ललितपुरमा उक्त कन्फरेन्स सम्पन्न भएको हो । सम्मेलनमा ’युवामा लगानी’ विषयमा बृहत छलफल भएको थियो ।
रोट्रयाक्टले आयोजना गर्ने वार्षिक कार्यक्रम अन्तर्गत १२औँ रोट्रयाक्ट डिस्ट्रिक्ट कन्फरेन्स भएको हो । सम्मेलनलाई सफल पार्न रोट्रयाक्ट क्लब अफ विराटनगर, महाबौद्ध, काष्ठमण्डप, पाटन वेस्ट र बालाजुले संयुक्त रूपमा व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए । नेपालभर १ सय २७ वटा रोट्रयाक्ट क्लब रहेका छ्न । जसमा ८२ वटा क्लब कन्फरेन्समा सहभागी रहेको डिष्ट्रिक्ट रोट्रयाक्ट रिप्रिजेन्टेटिभ (डिआरआर) स्नेहा शाक्यले बताईन । ’युवामा लगानी’ (इन्भेष्टिंग इन युथ) विषयको सेरोफेरोमा रहेर सम्मेलनमा छलफल गरिएको थियो । विभिन्न क्षेत्रमा सफल भएका व्यक्तिहरुलाई सम्मेलनमा प्यानल डिस्कसनमा बोलाएर युवामा लगानी संगै अन्य विषयमा छलफल गरिएको थियो ।
युवाहरुलाई सकरात्मक उर्जा प्रदान गर्न र रोट्रयाक्ट र रोटरीको भुमिकाको बारेमा अवगत गराउनमा सहयोग पुगेको आयोजकले जनाएको छ । रोट्रयाक्ट क्लबका सदस्यहरुलाई हौसला प्रदान गर्न तथा ’युवामा लगानीमा’ विषयमा साझा पार्टिका संयोजक रविन्द्र मिश्रले आफ्नो जिवनी सहित पत्रकारिताको यात्रा देखि बिबिसि नेपाली सेवा र राजनीति यात्रा बारे उनले बताएका थिए । साथै सम्मेलनमा आगामी वर्षका लागि आगामी रोटा वर्ष २०/२१ का डीआरआर सन्जिव पौडेलले आफ्नो डिस्टिक्ट टिम र थिम (क्रियटिङ भ्यालु) समेत सार्वजनिक गरेका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
- मिटर ब्याज पीडितको माग पूरा गर्न सांसदको माग
- नेपाल–भारत सीमा समन्वय बैठक
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया