नयाँ स्मार्टफोन लिएर मोटोरोलाको नेपालमा पुनरागमन

काठमाडौं ।
आफ्ना स्थापित ‘जी’ र ‘ई’ वर्गबाट दुईवटा नवीनतम र अत्यन्त लोकप्रिय उत्पादनहरूका साथ मोटोरालाले नेपालमा पुनरागमनको घोषणा गरेको छ । मोटोरोलाको नेपालमा पुनरागमन आफ्नो राष्ट्रिय वितरक – कल मोबिलिटी प्रालिको साथमा भएको छ । सन् २००७ मा कल मोबिलिटीले नेपाली बजारमा रकआर, रेजआर र सी सिरिज जस्ता यसका परम्परागत मोडलहरू ल्याएको थियो । नेपालमा यी मोडलहरू अत्यन्त लोकप्रिय थिए ।
कम्पनीका अनुसार बजारबाट बहिर्गमन नहुन्जेल मोटोरोला मोबाइलका ब्राण्डहरूमा नेपालमा अग्रणी ब्राण्डका रुपमा रहिरहेको थियो । विश्वव्यापी रुपमा नै मोटोरोलाका ई र जी वर्ग यसका दुईवटा अति लोकप्रिय उत्पादनहरू हुन् । कम्पनीका अनुसार सन् २०१९ सम्ममा ‘जी’ वर्गको बिक्री मात्र नै १० करोडभन्दा धेरै भएको छ । साथै ‘ई’ वर्गले ती ग्राहकलाई केन्द्रित गर्दछ, जो आफ्नो वर्गमा विशेषतामा उत्तम भएको अझ नयाँ जीवनशैलीमा स्तरोन्नति गर्न खोजिरहेको कम्पनीले जनाएको छ । कम्पनीले मोटो जी नाइन प्ले र ई सेभेन प्लस उत्कृष्ट विशेषताहरूसहित असाधारण मूल्यमा बजारमा ल्याएको दाबी गरेको छ ।
कम्पनीका अनुसार मोटो जी प्ले कार्यप्रदर्शन, क्यामरा, ब्याट्री र अन्य धेरै थोकमा उत्कृष्ट र शक्तिशाली रहेको जनाएको छ । सोहीअनुसार डिजाइन गरिएको नयाँ मोटो जी उपकरणले आफूलाई चाहिने सबै थोक एउटा उत्पादनमा राखेर प्रयोगकर्ताको अनुभवलाई अर्को उचाइमा पु-याउने कम्पनीको दाबी छ ।
नयाँ मोटो जि नाइन प्लेमा अत्यन्त–चाँडो काम गर्ने र भर्खरको क्वालकम स्न्यापड्रागन टीएम ६६२ चिप्सेट, एउटा ४८ एमपी को प्राइमरी सेन्सर ट्रिपल क्यामरा प्रणाली एफ१.७ एपेर्चर भएको आफ्नो वर्गको अग्रणी र २० वाटको टर्बोपावर टिएम चार्जिङ भएको शक्तिशाली ५० हजार एमएएच ब्याट्री रहेको छ । नेपालमा यसको मूल्य १९ हजार नौ सय ९० रुपैयाँ कायम गरिएको छ ।
यसैगरी कम्पनीको मोटो इ–सेभेन प्लस नाइट भिजन प्रविधिका साथ आफ्नो वर्गमा उत्कृष्ट ४८ एमपी एफ÷१.७ प्राथमिक शुटरसहित नवीनतम स्न्यापड्र्यागन प्रोसेसर, शक्तिशाली ब्याट्री, म्याक्स भिजन एचडी डिस्प्ले र मोटोरोलाकै आफ्नो स्टक एन्ड्रोइड अनुभवका साथ उपलब्ध रहेको छ । यसको मूल्य नेपाली बजारमा १६ हजार ५ सय ९० रुपैयाँ कायम गरिएको छ ।
ताजा अपडेट
- खुम्चियो सेयरबजार
- बैंकिङ क्षेत्रको आन्तरिक कारोबार घट्यो
- राष्ट्रिय वाणिज्य बैंक चितवनको छाप किर्ते गरी रकम अपचलन गर्ने परियार पक्राउ
- खुम्चियो सेयर बजार
- मस्क फेरि पछि परे
- बोइङ ७७७ का केही इन्जिन अनुगमन गर्न एफएएको आदेश
- मार्च १ देखि भारतमा दोस्रो चरणको खोप अभियान
- हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया