टाटा मोटर्सको पाँचौँ ग्लोबल सर्भिस क्याम्प सुरु

काठमाडौं ।
नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी टेडिङ प्रालिले ग्लोबल सर्भिस क्याम्प सञ्चालनमा ल्याएको छ । कम्पनीले आइतबारदेखि पुस ८ गतेसम्म उक्त क्याम्प सञ्चालन गर्ने जनाएको छ । कम्पनीका अनुसार कोभिड –१९ को अहिलेको परिस्थितिलाई ध्यानमा राखेर यस वर्षको ग्लोबल सर्भिस क्याम्पको उद्घाटन सिप्रदीको आधिकारिक फेसबुक पेजबाट लाइभ गरिएको थियो ।
उक्त उद्घाटन समारोहमा टाटा मोटर्स कमर्सियल गाडीका अन्तर्राष्ट्रिय व्यापार प्रमुख रुद्ररुप मैत्राले भिडियोमार्फत ग्राहकवर्गहरुको धेरै महिना थन्क्याएर राखेको गाडीहरुलाई सहजता प्रदान गर्न यो ग्लोबल सर्भिस क्याम्प २०२० को आयोजना गरेको जानकारी दिए । कार्यक्रममा सिप्रदी ट्रडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले सिप्रदीको सफलताको श्रेय सबै ग्राहकहरुको अटुट विश्वास, कर्मचारीहरुको निरन्तर मिहिनेत र लगनशीलता रहेको बताए । यसका साथै यो वर्ष ग्लोबल सर्भिस क्याम्पमा सुरक्षाको मापदण्डहरुलाई ध्यानमा राखेर १० दिनसम्म आयोजना गरिएकोे उल्लेख गरे ।
गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्प, विश्वभरि ४५ राष्ट्र लगायत नेपालका ५० विभिन्न स्थानहरुमा आयोजित गरिएको छ । यस ग्लोबल सर्भिस क्याम्पअन्तर्गत टाटा मोटर्स सम्पूर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरहरुमा गाडीको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुनेछ ।
निःशुल्क बम्पर टु बम्पर चेकअप, निःशुल्क सर्भिसिङ्ग, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स र ब्याट्रीमा भारी छुट, चालकहरूका लागि निःशुल्क तालिम, हरेक दिन स्मार्टफोन जित्ने अवसर र प्रत्येक दिन टाटा गाडीसम्बन्धी अनलाइन परामर्श जस्ता सुविधाहरु यस वर्षको प्रमुख विशेषताहरु रहेका छन् । यसका साथै सर्भिस सेन्टर परिसरभित्र सामाजिक दूरी कायम गर्न सिप्रदीले सर्भिस बुकिङलाई प्राथमिकता दिँदै, सर्भिस प्रि(बुकिङ गर्ने ग्राहकहरुलाई थप उपहारको व्यवस्था पनि गरेको छ । सर्भिस बुकिङ गर्नको लागि ९८०१२२३३४४ मा मिसकल गर्न सकिने कम्पनीको भनाइ छ ।
ताजा अपडेट
- श्रीलंकामा चीनले ‘ऋण दिएर फसाउने कूटनीतिक चाल’ चालेकै हो त ?
- कुमारी बैंकको अगुवाइमा माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको सहवित्तीयकरण सम्झौता
- महासंघ र बैंकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्ने सम्झौता
- त्रिवेणी व्यापारको आयोजनामा रिटेलर्स मिट कार्यक्रम
- सातै प्रदेशमा आधुनिक कृषि प्रविधि
- भुइँचालोपछि खोसिएको बारपाकको सांस्कृतिक सौन्दर्य
- आममाफीले आपराधिक घटना बढ्ने डर
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया