Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगक्रेटोस टेक्नोलोजिजद्वारा नेपालमा वानप्लस रिलन्च

क्रेटोस टेक्नोलोजिजद्वारा नेपालमा वानप्लस रिलन्च


काठमाडौँ ।
वानप्लसले नेपाली बजारमा स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले वानप्लस एट प्रोका साथमा वानप्लसका प्रिमियम स्मार्टफोनहरु वानप्लस नोर्ड फाईभ जी र वानप्लस नोर्ड एनटेन फाइभ जी सार्वजनिक गरेको हो । वानप्लसका लागि आधिकारिक बिक्रेता क्रेटोसले सोमबारबाट नेपाली बजारमा उक्त तीन मोडल उपलब्ध गराएको हो । गत वर्ष वानप्लसले ९० हर्जको फ्ल्युड एमोलेड डिस्प्लेका साथमा नयाँ स्मार्टफोन बजारमा ल्याएसँगै वानप्लसका उपभोक्ताको आकर्षण उल्लेख्य रुपमा बढेको थियो । यो वर्ष फाइभ जी प्रविधि र थप उत्कृष्ट डिस्प्लेका माध्यमबाट वानप्लसले आफ्ना प्रयोगकर्तालाई फाष्ट एण्ड स्मूथ अनुभूति दिलाउन थप सफल रहने विश्वास लिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया