क्लाउड कम्पुटिङमा लर्डबुद्ध तथा जेनेज क्लाउड एकेडेमीबीच सहकार्य

काठमाडौँ ।
क्लाउड कम्पुटिङ्गको प्रयोग अहिले व्यावसायिक प्रतिष्ठानहरुमा बढ्दो मात्रामा रहेको छ । सन् २०२१ सम्ममा विश्वव्यापी रुपमा यसको व्यापार तीन खर्ब डलरको हुने अनुमान गरिएको छ । उद्योग व्यवसायमा बढ्दो सूचना प्रविधिको प्रयोगले क्लाउड कम्पुटिङ्गमा दक्ष जनशक्तिको ठूलो माग छ । यस क्षेत्रमा विश्वव्यापीरुपमा रोजगारीका नयाँ अवसरहरु सृजना भएका छन् । व्यवसायीहरुले सफ्टवेयर, इन्फ्रास्ट्रक्चर र प्लेटफर्मलाई सेवाको रुपमा ग्रहण गर्दै जाँदा अग्रणी क्लाउड सेवा प्रदायकहरु बढी प्रतिस्पर्धी हुँदै गइरहेका छन् ।
रोजगारीको सम्भावना रहेको क्षेत्र (क्लाउड कम्प्युटिङ) मा दक्ष जनशक्ति उत्पादन गर्न लर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसले बेलायतको जेनेज क्लाउड एकेडेमसँग सहकार्य गर्ने भएको छ । यस साझेदारी कार्यक्रमअन्तर्गत विद्यार्थीले बीएससी आईटी (आनर्स) को साथ साथै जेनेस क्लाउड एकेडेमीको सहकार्यमा क्लाउड कम्प्युटिङ सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्राप्त गर्नेछन् । सन् १९९८ मा स्थापित लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले एसिया प्यासिफिक युनिभर्सिटी, मलेसियासँग शैक्षिक सहकार्य गरी नेपालमा सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातकस्तरको बीएससी आईटी र बीबीएम विषयमा अध्यापन गराउँदै आएको छ ।
संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेको छ । उक्त कार्यक्रममा लर्डबुद्ध एजुकेसन फाउण्डेसनले बीएससी आईटी (आनर्स) कार्यक्रममा विपन्न तथा जेहेनदार विद्यार्थीहरुको लागि एक जना छात्रासहित तीन जना विद्यार्थीहरुको लागि पूर्ण छात्रवृत्ति उपलब्ध हुने जानकारी गराएको छ । सोको छनौट जेनेस क्लाउड एकेडेमीको अगुवाइमा गठित छात्रवृत्ति छनौट समितिले गर्नेछ ।
ताजा अपडेट
- श्रीलंकामा चीनले ‘ऋण दिएर फसाउने कूटनीतिक चाल’ चालेकै हो त ?
- कुमारी बैंकको अगुवाइमा माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको सहवित्तीयकरण सम्झौता
- महासंघ र बैंकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्ने सम्झौता
- त्रिवेणी व्यापारको आयोजनामा रिटेलर्स मिट कार्यक्रम
- सातै प्रदेशमा आधुनिक कृषि प्रविधि
- भुइँचालोपछि खोसिएको बारपाकको सांस्कृतिक सौन्दर्य
- आममाफीले आपराधिक घटना बढ्ने डर
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया