Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङको ग्यालेक्सी एम५१ नेपालमा सार्वजनिक

सामसङको ग्यालेक्सी एम५१ नेपालमा सार्वजनिक


काठमाडौं ।
सामसङले आफ्नो एम सिरिजअन्तर्गत ग्यालेक्सी एम५१ स्मार्टफोन नेपाली बजारमा प्रस्तुत गरेको छ । यसमा ७ हजार मेगाहर्जको ब्याट्रीको साथ स्न्यापड्रगन ७३० जी रहेको छ । कम्पनीका अनुसार ग्यालेक्सी एम५१ नेपालको पहिलो ७ हजार मेगाहर्ज ब्याट्री भएको स्मार्टफोन हो । इन्डस्ट्री लिडिङ्ग नवीनतम एम५१ ले धेरै समय मोबाइलमा बिताउने आजका युवाहरुको आवश्यकतालाई सहजै पूरा गर्ने कम्पनीको भनाइ छ ।

यस फोनको बक्ससँगै टाइप–सी २५ वाटको चार्जर पनि उपलब्ध रहेको छ, यस चार्जरले चाडो समयमा मोबाइलको मोनस्टेर ब्याट्री मात्र २ घण्टामा चार्ज गर्ने क्षमता राख्छ । यो फोनमा सिभर्स चार्जिङ्ग पनि उपलब्ध रहेको छ । टाइप सीबाट टाइप सी केबलले अन द गोको अवस्थामा पनि आफ्ना जीवन्त अनुभव सेयर गर्ने सुविधा दिन्छ । साथै यसमा दृश्यावलोकनको जीवन्त अनुभव प्रदान गर्न ६.७ इन्चको सामोलेड प्लसको साथ इन्फिनिटि–ओ डिस्प्ले रहेको छ ।

सामोलेडको तुलनामा सामोलेड प्लस डिस्प्ले १३ प्रतिशत पातलो तथा १२ प्रतिशत हलुका रहेको छ । यसले सात हजार मेगाहर्जको ब्याट्री राख्दा पनि फोन केवल ९.५ एम एम पातलो तथा २१३ ग्राम तौलको बन्न पुगेको छ । प्यानलले अभूूतपूर्व एङ्गलमा पनि अनेकौं रंगहरु जस्ताको तस्तै देख्न सकिन्छ, यसमा पिक्चरको गुणस्तरीयता पनि उत्तिकै रहन्छ ।

साथै यसको क्वाड क्यामरा सेटपमा दिन र रातमा अभूतपूर्व फोटो खिच्नको लागि ६४ मेगापिक्सलको सोनी आईएमएक्स ६८२ सेन्सर रहेको छ । यस फोनमा १२३ डिग्रीको फिल्ड अफ भ्यु रहेको छ, जसले गर्दा मानव आँखाले जस्तो देख्दछ त्यस्तै फोटो खिच्ने सुविधा प्रदान गर्दछ । त्यसैगरी यसमा भएको ५ मेगा पिक्सलको डेडिगेटेड लेन्सले क्लोज अप फोटो खिच्दा लाइभ फोकस गर्न सकिन्छ । यसमा फोरके भिडियो रेकर्ड गर्न सकिनेछ भने हाइपर ल्याप्स, स्लोमो तथा सुपर स्टेडी मोडहरु उपलब्ध छन् ।

यस फोनमा शक्तिशाली क्यामरा हार्डवेयरको साथ विशेष सुविधाहरु जस्तै सिग्नल टेकजस्तो सुविधा पनि राखिएको छ । यसबाट क्यामराको नयाँ तहको अनुभव प्राप्त हुन्छ । सिङ्गल टेक सुविधाबाट उत्कृष्ट अवस्थालाई कैद गर्न सक्दछ र १० सेकेन्डसम्मको फुटेज खिचेर एआईको माध्यमबाट १० फरक–फरक आउट पुट प्रदान गर्दछ, जसमा ७ प्रकारको फोटो र ३ प्रकारको भिडियो रहनेछन् । साथै यसमा कम पावर खपत हुने स्न्यापड्रगन ७३० जी मोबाइल प्लाटफर्मको प्रयोग गरिएको छ । २.२ गिगाहर्जमा अक्टाकोर सीपीयू सञ्चालन हुन्छ । यसअघि एम सिरिज फोनहरुमा यसको प्रयोग गरिएको थिएन ।

कम्पनीका अनुसार एम५१ दुई मेमोरी क्षमता ६/१२८ जीबी तथा ८/१२८ जीबीमा उपलब्ध रहेको छ । यो स्मार्टफोन दुई आकर्षक रंगहरु इलेक्ट्रिक ब्लु तथा सेलेस्टियल ब्ल्याकमा उपलब्ध रहेको छ  । ६/१२८ जीबीको मूल्य ३९ हजार नौ सय ९९ रुपैयाँ तथा ८/१२८ जीबीको मूल्य ४३ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । ग्यालेक्सी एम५१ फोन नेपालभर रहेका सामसङ ब्राण्ड सप तथा रिटेल स्टोरहरुमा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया