सोनममा विन्टर सेल अफर सुरु, ७० प्रतिशतसम्म छुट
काठमाडौं ।
इन्डोर तथा आउटडोर रिटेल ब्रान्ड सोनमले वार्षिक विन्डर सेल अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत कम्पनीले छानिएका केही आइटममा ७० प्रतिशतसम्म छुट घोषणा गरेको छ । मंसिर २१ गतेसम्म लागू हुने यस अफरअन्तर्गत नयाँ आइटममा पनि ग्राहकले १० प्रतिशतको विशेष छुट पाउनेछन् ।
यो योजना सोनामका सबै आउटलेटमा लागू गरिएको छ । सोनमले आफ्ना सबै उच्चस्तरीय सामान नेपालमै उत्पादन गर्छ । यसले सबै उमेर व्यक्तिहरुलाई हुने डाउन, फ्लिस र प्राइमालफ्ट ज्याकेट, स्वेटर, कोट पाइन्ट, ट्राउजर, सर्ट, हाफ प्यान्ट, पञ्जा, भेस्ट, ट्रेकिङगेयर, टेन्ट, ब्यागलगायत सामान उत्पादन तथा बिक्री वितरण गर्छ । उच्च गुणस्तरका कारण सोनमका उत्पादनहरु छोटो समयमै ब्रान्ड र गुणस्तरप्रति सचेत उपभोक्तामाझ लोकप्रियता कमाउन सफल भएका छन् ।
गुणस्तरकै कारण सोनमलाई विश्वविख्यात ब्रान्डहरुको प्रतिस्पर्धी मानिन्छ । सोनमले काठमाडौं उपत्यकाका विभिन्न ठाउँलगायत पोखरा र चितवनमा समेत आउटलेट खोलिसकेको छ । काठमाडौं उपत्यकामा ठमेलको छाया सेन्टर र सातघुम्ती, गोंगबुको बिजी मल, कमलपोखरीको सिटी सेन्टर, बौद्धको टुसाल, चावहिलको केएल टावर, सुनधाराको सिभिल मल, त्रिपुरेश्वरको युनाइटेड वल्र्ड ट्रेड सेन्टर, चक्रपथमा अमेरिकी दूतावास नजिकै, बानेश्वरको आइप्लेक्स कम्प्लेक्स, जावलाखेल र सातदोबाटोको सेल्सबेरीमा यसका आउटलेट छन् । त्यसैगरी पोखराको लेकसाइड र न्युरोड तथा चितवनको सिजी ल्यान्डमार्कमा सोनमका आउटलेट छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा
- नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त
- टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते
- सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी
- सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
- नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली
- वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
- तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको सुझाव दिन गठित समितिले किन दियो निजगढ विमानस्थल बनाउने सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया