Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएमभी अगष्टाका चार नयाँ मोडल नेपालमा

एमभी अगष्टाका चार नयाँ मोडल नेपालमा


काठमाडौं ।
नेपालमा प्रिमियम स्पोर्टस् बाइकको क्रेजलाई मध्यनजर गर्दै भेलोसिटी प्रालिले बजारमा एमभी अगष्टाको चार नयाँ मोडलहरु नेपाली बजारमा भित्र्याएको छ । सन् १९०७ मा उड्डयन कम्पनीबाट थालनी गरेकोे एमभी अगष्टा आजको दिनमा इटालियन मोटरसाइकल उत्पादन गर्ने एक बहुप्रतीष्ठित कम्पनीको रुपमा स्थापित भएको छ ।

नेपाली बजारमा प्रवेश गरेका ब्रुटल ८०० आरआर, ड्रयागिस्टेयर ८०० आरआर पिरेल्ली, टुरिज्मो भिलभ ८०० र ड्रयागिस्टेयर ८०० आरआर अमेरिका एमभी अगष्टाका उष्कृष्ट बाइकहरु हुन् । आठ सय सीसी इन्जिन क्षमता रहेका यी बाइकहरुमा १४० बीएचपीको पावर र ८७ एमएमको टर्क रहेको छ ।

यद्यपि टुरिज्मो भिलभ ८०० मा भने ११० बीएचपीको पावर र ८० एमएमको टर्क रहेको छ । नेपाली बजारमा ब्रुटल ८०० आरआरको मूल्यको ४८ लाख ९० हजार रुपैयाँ, ड्रयागिस्टेयर ८०० आरआर पिरेल्लीको मूल्य ५९ लाख ९० हजार रुपैयाँ, ड्रयागिस्टेयर ८०० आरआर अमेरिकाको मूल्य ५७ लाख ९० हजार रुपैयाँ र टुरिज्मो भिलभ ८०० को मूल्य ५७ लाख ९० हजार रुपैयाँ रहेको छ । एमभी अगष्टामा सर्वोत्कृष्ट पर्फमेन्सका साथै प्रतिष्ठित डिजाइन रहेको छ ।

कम्पनीका अनुसार यसमा एडभान्स तथा उच्चस्तरीय पदार्थ र इन्जिनियरिङ्ग टेक्नोलोजी प्रयोग गरिएको छ । एमभी अगष्टाको हरेक मोटरसाइकलहरु अटोमेसन नभई दक्ष व्यक्तिहरुको हातबाट जडान गरिएको छ । एसजे मोटो कान्तिपथ, काठमाडौंमा अवस्थित एमभी अगष्टाको शोरुममार्फत ग्राहकहरुले खरिद, सर्भिस, स्पेयर पार्टस् तथा एसेसोरिजहरु प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया