बोटलर्स नेपाल लिमिटेड ऊर्जा बचत पहलका लागि पुरस्कृत

काठमाडौं ।
बोटलर्स नेपाल लिमिटेडलाई ऊर्जा बचत पहलमा गरेको प्रयासका लागि ५२ लाख अनुदान प्रदान गरिएको छ । यो अनुदान ‘नेपाल ऊर्जा दक्षता कार्यक्रम’को एक हिस्सा हो, जुन आर्थिक सहयोग र विकासका लागि जर्मन संघीय मन्त्रालयले नेपाली उद्योग समुदायमा ईई (ऊर्जा दक्षता) को पहलका लागि डिजाइन गरेको थियो ।
बोटलर्स नेपाल लिमिटेडले आफ्नो दुई प्रमुख पहलको आधारमा अनुदान प्राप्त गरेको थियो । जसअन्तर्गत भीएफडी अनुकूलतासहित नयाँ कम्प्रेसरको स्थापना र ईटीपीको लागि ऊर्जा कुशल स्क्रू ब्लोअर स्थापना पर्दछ । यी पहलहरूको मौलिक उद्देश्य कोका—कोलाको २०२० सम्ममा कार्बन फुटप्रिन्ट २५ प्रतिशतमा घटाउने विश्वव्यापी स्थिरता उद्देश्यद्वारा सञ्चालित थियो । बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले सरकार र आर्थिक सहयोग र विकासका लागि जर्मन संघीय मन्त्रालयबाट यो सम्मानित पुरस्कार पाउँदा खुसी लागेको बताए ।
बोटलर्स नेपाल लिमिटेड काठमाडौं र भरतपुर दुवै उत्पादन केन्द्रहरुमा ऊर्जा दक्षताका लागि प्रयासरत छ । साथै सम्पूर्ण मूल्य शृंखलामा ऊर्जा र कार्बन दक्षता सिर्जना गर्दै अरु धेरै पहलहरुमार्फत नयाँ टेक्नोलोजीमा लगानी गरिरहेको छ । वित्तीय सहयोग (एफसी) को रूपरेखामा र नेपाल अर्थ मन्त्रालय (एमओएफ) र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड (आरबीबीएल) को सहकार्यमा सम्पत्ति हेरचाह प्रबन्धक सौरभ थापा, प्लान्ट प्रबन्धक, संजीव श्रेष्ठ, र बोटलर्स नेपाल लिमिटेडका गुणस्तरीय, पर्यावरण र सेफ्टी म्यानेजर, प्रशान्त रेग्मीलाई आरबीबीएलको सीईओ किरणकुमार श्रेष्ठले डिसेम्बर १४ मा आरबीबीएलको परिसरमा अनुदान हस्तान्तरण गरेका थिए ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- महालक्ष्मी विकास बैंकद्वारा पोशाक वितरण
- ज्योति विकास बैंकद्वारा स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान
- सिटिजन्स बैंक र एएसजीआई केयर एण्ड हेल्थ सर्भिसेसबीच छुट सम्झौता
- सिभिल लघुवित्तद्वारा सेयर मूल्य समायोजन
- जनउत्थान लघुवित्तले कमायो दुई करोड ७४ लाख
- बेइजिङको अनुसन्धानमा परेपछि ज्याक माले गुमाए चिनियाँ धनीको उपाधि
- बम राखिएको हल्लापछि ताजमहल बन्द
- बंगलादेशको निर्यातमा कोरोना महामारीको असर
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- इन्टिग्रिटी आइकन २०२० सार्वजनिक
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
तपाईको प्रतिक्रिया