Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहल अफ फेम पुस ११ देखि सुरु हुने

हल अफ फेम पुस ११ देखि सुरु हुने


काठमाडौं ।
गायन प्रतिभा प्रोत्साहन कार्यक्रम हल अफ फेमको सिजन २ आगामी पुस ११ गते शनिबारदेखि सुरु हुने भएको छ । एमएनटीभी अष्ट्रेलियाको आयोजनामा हुनलागेको यो सिंगिङ रियालिटी शोको प्रसारण हिमालय टेलिभिजनबाट पनि गरिने बताइएको छ । विश्वभरका सयौँ प्रतिस्पर्धीबाट छनोट भएका टप ५० गायन प्रतिभाहरुबीचको यो प्रतिस्पर्धा निकै रोचक हुने अपेक्षा गरिएको छ ।

कोभिड १९ कोरोना महामारीले विश्व नै ठप्प भएको बेला घोषणा गरिएको अन्तर्राष्ट्रिय अनलाइन प्रतिस्पर्धामा निर्णायकको रुपमा वरिष्ठ गायक दीप श्रेष्ठ, कन्दरा ब्याण्डका चर्चित गायक विवेक श्रेष्ठ र रजिना रिमाल रहनेछन् । कार्यक्रमको सञ्चालन पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ र मिस नेपाल ओसेनिया २०२० जेमिना श्रेष्ठले संयुक्त रुपमा गर्नेछन् ।

एमएनटीभी अष्ट्रेलियाका ब्राण्ड एण्ड मार्केटिङ मेनेजर रमन झाले गायन प्रतिस्पर्धामा निर्णायकको मत नै अन्तिम हुने जानकारी दिए । उनका अनुसार निर्णायकको मतलाई ७० प्रतिशत र दर्शकहरुको प्रतिक्रियालाई ३० प्रतिशतका आधारमा निर्णय गरिनेछ । हल अफ फेम सिजन २ मा सहभागी हुन कुनै उमेरको बन्देज लगाइएको थिएन भने विश्वका विभिन्न १२ देशबाट प्रतिस्पर्धीहरुले सहभागिता जनाएका छन् ।

गत नोभेम्बर १५ सम्ममा आएका आवेदनमध्ये निर्णायक मण्डलले टप ५० को छनोट गरेका हुन् । हिमालय टेलिभिजनमा राति ८ बजेदेखि ९ बजेसम्म प्रसारण हुने हल अफ फेम सिजन २ को समापन आगामी माघ २४ गते शनिबार हुनेछ । विजेताले पाँच लाख रुपैयाँबराबरको पुरस्कार पाउनेछन् जसमा १ लाख नगद र गीत रेकर्डिङ, म्युजिक भिडिया निर्माण, अन्तर्राष्ट्रिय प्रवर्द्धनलगायत समावेश छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया