Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पो एफ १७ प्रोलाई बजारमा लोकप्रिय बनाउने तीन विशेष फिचर्स

ओप्पो एफ १७ प्रोलाई बजारमा लोकप्रिय बनाउने तीन विशेष फिचर्स


काठमाडौँँ ।
ओप्पोले केही समयअगाडि सेप्टेम्बरको अन्त्यतिर आफ्नो नयाँ ह्यान्डसेट ओप्पो एफ१७ प्रो नेपालमा सार्वजनिक गरेको छ । छोटो अवधिमै निकै लोकप्रियता पाएको उक्त ह्याण्डसेटले, अल्ट्रा–स्लिक स्मार्टफोन बडीमा फेसनेबल प्रविधि समाहित गर्दै प्रयोगकर्तालाई प्रिमियम डिजाइन तथा फंक्सनको साथमा उत्कृष्ट एआई पोट्रेट फोटोग्राफी फिचरको अनुभूति प्रदान गर्दै आइरहेको छ । उपभोक्ताले यो ह्याण्डसेटलाई किन यत्ति रुचाइरहेका छन् त ? यहाँ उपभोक्ताका प्रतिक्रियाका आधारमा एफ१७ प्रोलाई बजारमा उपलब्ध अन्य उपकरणभन्दा पृथक् बनाउन सघाएका तीन उत्कृष्ट फिचर्सबारे जानकारी दिने प्रयास गरिएको छ ।

स्लिक तथा प्रिमियम डिजाइन : ७.४८एमएम अल्ट्रा–स्लिक बडी डिजाइनका कारण ओप्पो एफ१७ प्रो खल्ती तथा ज्याकेटमा कुनै बल्ज (फुलिएको) विना सहजै अटाउँछ । साथै साना ब्यागहरुमा समेत यसलाई मज्जाले समेट्न सकिन्छ । श्रेणीमै अग्रणी ७.४८एमएम अल्ट्रा–थिन र १६४ ग्रामको अत्यधिक हल्का बडी निर्माणका लागि मेनबोर्ड, ब्याट्री लगायत अन्य सामग्री स्लिम डिजाइनमा अटाउन कम्पनीले उद्योगकै अग्रणी डिजाइनको प्रयोग यसमा गरेको छ । हातमा बोक्दा आरामदायी र स्मूथ अनुभूती दिन एफ१७ प्रोमा कम्पनीले राउन्डेड एड्ज डिजाएन प्रविधि अपनाइएको, २२० डिग्रि एड्ज प्रस्तुत गरेको छ ।

प्रयोगकर्ताले उत्कृष्ट दृश्यानुभव पाउन् भन्ने सोचका साथ एफ१७ प्रोमा ६.४३ ईञ्चको डुअल पञ्च–होल डिस्प्लेको प्रयोग गरिएको छ । साथै, फोनमा एफएचडी प्लस सुपर एमोलेड डिस्प्लेका साथमा ९०.७ प्रतिशत स्क्रिन–टू–बडी रेसियो उपलब्ध गरिएको छ । उद्योगकै सानो ३.७ एमएम डायमिटरको क्यामेराका लागि फोनमा मिनी डुअल–पञ्च होल्सको प्रयोग गरिएको छ । फोनको लुक्स ट्रेण्डी ब्याक कभरबिना पूरा हुनै सक्दैन । यसका लागि एफ१७ प्रोमा शाइनी म्याट रंगको प्रयोग गरिएको छ । यसले गर्दा ब्याक कभर छुँदा नरम र लोभलाग्दो लुक्स सहितको प्रिमियम फिलका साथै फिंगरप्रिन्ट रेजिस्टेन्टपनि बनेको छ । कम्पनीले फोनलाई म्याजिक ब्ल्यू र म्याट ब्ल्याक गरी दूई आकर्षक रंगमा उपलब्ध गराएको छ ।

अत्याधुनिक क्यामेरा प्रविधि : एफ१७ प्रोले प्रयोगकर्तालाई ब्यवसायिक झैँ देखिने तस्बिर खिच्नसक्ने क्षमता प्रदान गर्छ । एफ१७ प्रोमा रहेका ६ एआई पोट्रेट क्यामेराले उपभोक्तालाई पोट्रेट फोटोग्राफीका लागि सहजता प्रदान गर्नुका साथै भिडियो स्टेबलाइजेसन फिचर्स पनि उपलब्ध गराउँछ । फोनको अग्रभागमा तस्बिरमा बोके इफेक्ट दिनका लागि हार्डवेयर लेभल प्रोसेसिङको सुविधा प्रदान गर्ने डुअल क्यामरा जडान गरिएको छ । डुअल लेन्स बोकेले पोट्रेट सेल्फी तस्विरका साथै, भिडियो तथा शटमा रहेका बहुसंख्यक व्यक्तिका लागि उपयोगी हुने गरी अपग्रेड गरिएको छ ।

यसमा उपलब्ध गरिएको सफ्टवेयर लेभल एआई प्रोसेसिङले तस्बिरमा रहेका व्यक्तिको झुम्का तथा कपाललगायत विवरणमा समेत स्पष्टता प्रदान गर्दै फाइनल फुटेजमा धमिलिनबाट जोगाउँछ । यसमा उपलब्ध गरिएको एआई पोट्रेट कलरले पोट्रेटमा रंगलाई अझ सटिकता प्रदान गर्दै प्रयागकर्तालाई सहरी स्ट्रिट स्टाइल फोटो वा ट्राभल फोटामा पृथकता पस्किँदै नयाँपन दर्साउने अवसर उपलब्ध गराउँछ ।

एआई पोट्रेट कलरले ब्याकग्राउण्ड कलरलाई ब्ल्याक एण्ड ह्वाइटमार्फत म्यूट गराई तस्बिरमा रहेका व्यक्ति वा विषयहरुको वास्तविक रंगलाई एआईमार्फत थप जीवन्तता प्रदान गर्छ । यसमा रहेका क्यामेराले प्रयोगकर्ताको प्राकृतिक सौन्दर्य र अनुहारका विवरणहरु बचाउँदै आकर्षक तस्बिर लिन सघाउँछ । एआई सुपर क्लियर पोट्रेटले आँखीभौँलगायत स–साना अनुहारका चारित्रिक विशेषताहरु स्पष्ट रुपमा प्रस्तुत गर्ने तथा पुनर्निर्माण गरी तिनको उचित प्रस्तुतिको सुनिश्चितता प्रदान गर्छ । त्यसैगरी, एआई ब्युटिफिकेसन २.० ले प्राकृतिक स्किन टोनमा चमक प्रदान गर्दै महिलाहरुका टीका, आँखा लगायत तथा पूरुषका लागि आँखा, आँखी भौँ, दाह्री–जुंगालगायत विशेषता जोगाउन सघाउँछ ।

कम प्रकाश भएका स्थानमा समेत आकर्षक पोट्रेट लिन सघाउने सोचका साथ एफ१७ प्रो मार्फत उपलब्ध गरिएको एआई नाइट फ्लेर पोट्रेटले लोलाइट–एचडीआर अल्गोरिथम र बोके इफेक्टको संयुक्त प्रयोगमार्फत प्रयोगकर्तालाई सिटी लाइट्सको ब्याकड्रपमार्फत पोट्रेटमा सुन्दर नाइट फ्लेयर दिँदै कलात्मक तस्विर लिन सघाउँछ । बोके इफेक्ट मन नपराउनेहरुका लागि साँझपख कम प्रकाश उपलब्ध भएका अवस्थामा समेत चहकिला र स्पष्ट तस्बिर लिन यसमा रहेको एआई सुपर नाइट पोट्रेटले सहजता प्रदान गर्छ ।

यसमा रहेको तेस्रो पुस्ताको अल्ट्रा स्टिडी भिडियोले प्रयोगकर्तालाई स्थिर, स्पष्ट र चहकिला आकर्षक भिडियो ब्लग खिच्न सघाउँछ । यो फिचरले फ्रण्ट फेसिङ क्यामेरामा उपलब्ध गायरोस्कोप र ईलेक्ट्रोनिक ईमेज स्टेबलाइजेशन अल्गोरिथमको समायोजन गर्ने हार्डवेयर सोलुसनको प्रयोगमार्फत हिँड्दाहिँड्दै वा दौडिँदै गरेको अवस्थामा समेत थर्काइरहित स्मूथ भिडियो फूटेज लिन मद्दत गर्छ ।

३० वाट भोक फ्ल्यास चार्ज ४.० : ओप्पोको स्वामित्वमा रहेको ३० वाट भोक फ्ल्यास चार्ज ४.० -यापिड चार्ज प्रविधिले फोनलाई मात्र ५ मिनेट चार्ज गर्दा प्रयोगकर्तालाई ४ घण्टाको टक टाइम वा थप दुई घण्टा इन्स्टाग्राम ब्राउजिङ, वा ३५ मिनेट पब्जी गेमिङको मज्जा लिने अवसर प्रदान गर्छ । जम्मा ५३ मिनेटमा फोनलाई पूर्ण चार्ज गर्ने यस प्रविधिको प्रयोगले गेमिङकै समयमा पनि विना चिन्ता ब्याट्री चार्ज गरी गेमका बीचमा ब्याट्री सकिने चिन्ताबाट प्रयोगकर्तालाई राहत दिन्छ ।

यो चार्जिङ प्रविधि तीव्र हुनुका साथै सुरक्षित पनि छ । यसले चार्जिङका समयमा फोन अत्यधिक मात्रामा तात्ने समस्याबाट पनि छुट्कारा प्रदान गर्छ । यसले आद्रता भएको अवस्थामा आद्रताको पहिचान गरी उपभोक्तालाई सजग गराउने तथा तत्सम्भव फोन चार्जिङ रोकी फोन तथा ब्याट्रीलाई सुरक्षा समेत प्रदान गर्छ । यस प्रविधिले उपलब्ध गराउने एआई नाइट चार्जिङले प्रयोगकर्ताको सुताई बान्की (स्लिपिङ प्याटर्न)का आधारमा प्रयोगकर्ता ब्युँझिने समयको मापन गरी सोही समयमा ब्याट्रीलाई शतप्रतिशत चार्ज हुने व्यवस्था मिलाउँछ ।

यसमा रहेको सुपर पावर सेभिङ मोडले दिनको समयमा फोनमा ब्याट्री कम रहँदा अन्तिम ५ प्रतिशत ब्याट्रीलाई डिस्प्लेलाई ब्ल्याक एण्ड ह्वाइटमा परिवर्तन गर्दै पूर्वनिर्धारित ६ वटा एप्स चलाउन मिल्ने गरी समायोजन गरिदिन्छ । फलस्वरुप फोनका ब्याट्री अन्य सेटिङका तुलनामा लामो समयसम्म टिक्छ  । ओप्पो एफ१७ प्रो नेपालभर ४३ हजार ९ सय ९० रुपैयाँमा उपलब्ध छ । त्यसैगरी, ओप्पो एफ १७ को मूल्य भने ३३ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया