रिचार्जरको क्रिसमस अफर : सात हजार आठ सय रुपैयाँ मासिक किस्तामा आइफोन १२

काठमाडौँ ।
मोबाइल एप रिचार्जरले क्रिसमसको अवसर पारेर छुट अफर सार्वजनिक गरेको छ । यसका साथै रिचार्जरले आइफोन १२ किन्न चाहनेहरुलाई ७ हजार ८ सय ८८ रुपैयाँको मासिक किस्तामा १२८ जीबी स्टोरेज भएको आइफोन १२ उपलब्ध गराउने भएको छ । यसका लागि डाउन पेमेन्टमा कुनै शुल्क नलाग्ने तर क्रेडिट कार्ड अनिवार्य हुनेछ ।
माछापुच्छे बैंक, एनआईसी एसिया बैंक, सिद्धार्थ, ग्लोबल आईएमई, मेगा बैंकका क्रेडिटकार्ड वाहकले तत्काल आइफोन खरिद गर्न सक्नेछन् । अरुले भने रिचार्जरको मोबाइल एपबाट नयाँ प्रक्रियाबाट शून्य प्रतिशत ब्याजदरमा आइफोन खरिद गर्न सक्नेछन् । गुगल प्ले तथा एपस्टोरबाट रिचार्जर एप डाउनलोड गरी क्रिसमसका अन्य अफरमा सहभागी हुन सकिनेछ ।
रिचार्जरले अफरको समयमा १२ रुपैयाँमा आइफोन १२ जित्ने व्यवस्था गरेको छ । यसका लागि एपबाट गोलाप्रथाका लागि १२ रुपैयाँमा टोकन खरिद गर्नुपर्ने रिचार्जरले जनाएको छ । त्यसैगरी रिचार्जरले क्रिमसको अवसरमा गिफ्टहरुको खरिदमा ७० प्रतिशतसम्म छुट उपलब्ध गराउनेछ । गुगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरी एकाउण्ट खोल्दा १ हजार क्यास प्वाइन्ट पाउन सकिन्छ । यसका साथै रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ । अन्य सेवाहरुको महसुल भुक्तानीमा पनि पाइने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान किन्दा छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- महालक्ष्मी विकास बैंकद्वारा पोशाक वितरण
- ज्योति विकास बैंकद्वारा स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान
- सिटिजन्स बैंक र एएसजीआई केयर एण्ड हेल्थ सर्भिसेसबीच छुट सम्झौता
- सिभिल लघुवित्तद्वारा सेयर मूल्य समायोजन
- जनउत्थान लघुवित्तले कमायो दुई करोड ७४ लाख
- बेइजिङको अनुसन्धानमा परेपछि ज्याक माले गुमाए चिनियाँ धनीको उपाधि
- बम राखिएको हल्लापछि ताजमहल बन्द
- बंगलादेशको निर्यातमा कोरोना महामारीको असर
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- इन्टिग्रिटी आइकन २०२० सार्वजनिक
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
तपाईको प्रतिक्रिया