सरकार निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रगाढ पार्दै लैजानुपर्नेमा जोड

काठमाडौँ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकार निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रगाढ पार्दै लैजानुपर्नेमा जोड दिएका छन् । महासंघले आयोजना गरेको सरकारका मुख्यसचिव, सचिवहरु र उच्चपदस्थ अधिकारीसँगको परिचयात्मक कार्यक्रममा अध्यक्ष गोल्छाले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्पmत घोषणा भएको साना तथा मझौला उद्यमीलक्षित पुनर्कर्जा प्रवाह पनि सुरु भएको बताए । व्यवसाय निरन्तरता कर्जा पनि सुरु हुने क्रममा रहेकोले यसले साना मझौला उद्यमीलाई राहत पुग्ने बताए । तर पर्यटनलगायतका केही अतिप्रभावित क्षेत्रमा समस्या कम नभएको उनको भनाइ थियो । अति प्रभावित क्षेत्रको श्रमिक व्यवस्थापन लगायतका क्षेत्रमा सरकारको सहकार्य खोजिरहेको पनि उनले बताए ।
कार्यक्रममा मुख्यसचिव शंकरदास वैरागीले निजी क्षेत्रको मुलुकभित्र उद्योग व्यवसायको विस्तारसहित आर्थिक विकासमा सहयोग गर्न सरकारको कर्मचारी प्रशासनबाट सदैव सहयोग र सहकार्यलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताए । मुख्यसचिव वैरागीले मुलुकको व्यापारघाटा कम गर्नेतर्फ सरकार निजी क्षेत्र निरन्तर अगाडि बढेको र यसमा केही सफलता पनि प्राप्त भएको बताउँदै तुलनात्मक लाभका क्षेत्रहरुमार्फत व्यापार घाटा कम गर्नेतर्फ संंयुक्त प्रयासमा केन्द्रित हुनुपर्ने धारणा राखे ।
‘के गर्दा बाह्य लगानी, आन्तरिक लगानी बढाउन सकिन्छ, पुँजी, सीप आकर्षण गर्न सकिन्छ र समग्रमा निजी क्षेत्रको प्रवद्र्धन गर्न सकिन्छ त्यसमा सरकार तपाईं निजी क्षेत्रलाई सहयोग गर्न तयार छ’, उनले भने, ‘मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ ।’ महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र्रप्रसाद ढकालले निजी क्षेत्रको प्रवद्र्धनबाट मात्र मुलुकको आर्थिक विकास हुने भएकाले निजी क्षेत्रले फस्टाउने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल सरकारका सचिवहरु, सहसचिवहरु, उपसचिवहरु, महासंघका पदाधिकारीहरु, समिति सभापतिहरुको उपस्थिति रहेको थियो । महासंघका नवनिर्वाचित पदाधिकारी, समिति सभापतिहरु र नेपाल सरकारका उच्च पदाधिकारीहरुबीच आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले महासंघले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- महालक्ष्मी विकास बैंकद्वारा पोशाक वितरण
- ज्योति विकास बैंकद्वारा स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान
- सिटिजन्स बैंक र एएसजीआई केयर एण्ड हेल्थ सर्भिसेसबीच छुट सम्झौता
- सिभिल लघुवित्तद्वारा सेयर मूल्य समायोजन
- जनउत्थान लघुवित्तले कमायो दुई करोड ७४ लाख
- बेइजिङको अनुसन्धानमा परेपछि ज्याक माले गुमाए चिनियाँ धनीको उपाधि
- बम राखिएको हल्लापछि ताजमहल बन्द
- बंगलादेशको निर्यातमा कोरोना महामारीको असर
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- इन्टिग्रिटी आइकन २०२० सार्वजनिक
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
तपाईको प्रतिक्रिया