Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहुवावे आईसीटी अवार्ड २०२० प्रदान

हुवावे आईसीटी अवार्ड २०२० प्रदान


काठमाडौं ।
हुवावे आईसीटी अवार्ड २०२० मा विभिन्न ११ विधा र जुरी मेन्सनसहित १२ प्रतिस्पर्धीलाई अवार्ड प्रदान गरिएको छ । हुवावे आईसीटी अवार्डमा विभिन्न ११ नियमित विधाहरूमा अवार्ड प्रदान गरिँदै आएकोमा यसपटक एक विधा थप गरेर जुरी मेन्सन आईसीटी अवार्ड पनि प्रदान गरिएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, मन्त्रालयका सचिव हरि बस्याल, पूर्वमन्त्री गणेश शाह, योजना आयोगका सदस्य डा. राम कुमार फुयाल र हुवावे नेपालका सीईओ ज्याङ जियोजिङलगायतले अवार्ड प्रदान गरेका थिए । नेपालको सूचना प्रविधि क्षेत्रको निकै प्रतिष्ठित अवार्डको रूपमा परिचित आईसीटी अवार्डको पाँचौँ संस्करणको ग्राण्ड फिनाले शनिबार होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको थियो ।

आईसीटी अवार्ड २०२० मा राइजिङ स्टुडेन्ट प्रोजेक्ट ‘सञ्चै छौँ’ देखि डिजिटल गभर्नेन्सको उत्कृष्ट संस्था आन्तरिक राजस्व विभागससम्मले अवार्ड प्राप्त गरेका थिए । पायोनियर आईसीटी अवार्ड निलकण्ठ उप्रेतीले प्राप्त गरे भने आन्टरप्रेनर अवार्ड विनय बोहोराले जित्न सफल भए । यसैगरी वुमन आइकन आईसीटी अवार्ड तिमिला यामीले प्राप्त गरिन् भने नेपाली डायस्पोरा आईसीटी अवार्ड गौरवराज उपाध्यायले जितेका छन् । एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आईसीटी अवार्ड पाइला रिसेसिएटरले प्राप्त गरेको थियो भने स्टार्टअप आईसीटी अवार्ड क्रिप्टोजेन नेपालले प्राप्त गरेको छ । प्रडक्ट आईसीटी अवार्ड सीपीएफडीएस र जुरी मेन्सन आईसीटी अवार्ड हाम्रो स्वास्थ्यले प्राप्त गरेको छ । त्यस्तै मिडिया पर्सन आईसीटी अवार्ड किरण आचार्यले पाए ।

लिभिङ विथ आईसीटीको आयोजनामा सम्पन्न हुवावे आईसीटी अवार्ड २०२० लाई अन्तर्राष्ट्रिय दूरसञ्चार तथा सूचना प्रविधि ब्राण्ड हुवावेले प्रस्तुत गरेको हो । अन्तर्राष्ट्रिय दूरसञ्चार तथा सूचना प्रविधि कम्पनी हुवावे नेपालले नेपालको दूरसञ्चार र सूचना प्रविधिको क्षेत्रमा विगत दुई दशकदेखि उल्लेखनीय रुपमा कार्य गर्दै आएको छ । कम्पनीले दूरसञ्चार क्षेत्रमा आवश्यक पर्ने प्रविधिहरुका साथै सूचना प्रविधिका नवीनतम र आविष्कारिक प्रविधि, डिभाइस तथा सेवाहरु प्रदान गरिरहेको छ ।

हुवावेले पछिल्लो दिनमा नयाँ प्रविधिहरु जस्तै फाइभजी, क्लाउड र एआईको प्रयोगमा जोड दिँदै डिजिटल नेपाल निर्माण गर्न निरन्तरता दिराख्नेछ । यस हुवावे आईसीटी अवार्ड २०२० को मुख्य प्रायोजकका साथै हुवावे नेपालले प्रमुख ४ विधाहरु स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टुडेन्ट आईसीटी अवार्ड र एनसेल इन्नोभेसन आईसीटी अवार्डका टप फाइभ विजेताहरुलाई हुवावे क्लाउड सेवा उपलब्ध गराउनेछ । योसँगै एनसेलले इन्नोभेसन विधाका विजेतालाई ३ लाख रुपैयाँ पनि उपलब्ध गराएको छ । नेपाल टेलिकमले सबै विजेतालाई फाइबर, जिनस सोलुसनले ५ हजार डलरबराबरको क्रेडिट, इ–सेवाले बिजनेस प्रवर्द्धन निःशुल्क गरेका छन् ।

अवार्ड कार्यक्रममा सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारले प्रविधि क्षेत्रका विज्ञहरुको रोष्टर बनाएर बृहत् रुपमा प्रविधिको विस्तार र डिजिटल नेपालको अभियानलाई सफल बनाउन चाहेको बताए । अब सूचना प्रविधिले राजनीति सफा गर्नुपर्ने बेला आएको भन्दै अवार्डले नेपाली इन्नोभेसनदेखि सरकारी संस्थालाई समेत अगाडि बढ्न प्रोत्साहन गरेको मन्त्री गुरुङको भनाइ थियो । यसैगरी सचिव हरि बस्यालले हुवावेजस्ता विश्वप्रसिद्ध कम्पनीहरुसँगको सहकार्य र लगानीले डिजिटल नेपालको सपना पूरा हुनसक्ने बताए । हुवावेका सीईओ ज्याङले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी र बलियो बनाउन सरकारसँग सहकार्य गरेर काम गर्न चाहेको बताए ।

हुवावे आईसीटी अवार्ड २०२० का लागि यस वर्ष ३५० बढीको अनलाइन नोमिनेसन प्राप्त भएको थियो भने जुरी सल्लाहकारबाट पनि नोमिनेसन गरिएको थियो । हुवावे आईसीटी अवार्ड २०२० मा १४ जना जुरी र सोहीबराबर जुरी सल्लाहकार रहेका थिए । हुवावे आईसीटी अवार्ड २०२० मा रहेका विधाहरूमा स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टुडेन्ट आईसीटी अवार्ड र एनसेल इन्नोभेसन आईसीटी अवार्डका विधाहरूमा विभिन्न चरणको छनौटपश्चात् उत्कृष्ट ५ को घोषणा गरिएको थियो । डिजिटल एजुकेसन र डिजिटल गभर्नेन्स आईसीटी अवार्डमा उत्कृष्ट ३ को घोषणा भएको छ ।

यसैगरी पायोनियर आईसीटी अवार्ड, आन्टरप्रेनर आईसीटी अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्ड, वुमन आइकन आईसीटी अवार्ड र मिडिया पर्सन आईसीटी अवार्ड २०२० को विजेताको पनि घोषणा गरिएको छ । सोही उत्कृष्टहरुमध्ये ग्राण्ड फिनालेमा सर्वोत्कृष्ट अवार्ड विजेताहरुको घोषणा गरिएको हो । हुवावेले प्रस्तुत गरेको हुवावे आईसीटी अवार्ड २०२० मा नेपाल टेलिकम र जिनस इन एसोसिएसन र फोनपे पावर्ड बाईमा रहेको थियो । नेपाल दूरसञ्चार प्राधिकरणबाट कार्यक्रममा विशेष सहयोग प्राप्त रहेको थियो । यसमा एनसेल आजियाटा लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, इ–सेवा, नाष्ट, राष्ट्रिय सूचना प्रविधि केन्द्र, प्रेसिडेन्सियल बिजनेस स्कुल, निमा एकेडेमी, इमिनेन्स वेइज, डिस होम, टीडीओ नेपाललगायतका संस्थाहरूले सहकार्य गरेका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया