महावीरको परियोजनालाई नेपालगञ्ज ग्यालरीको सहयोग
बाँके, पुस १८
महावीर पुनको परियोजनाका लागि अभियान सञ्चालन गरी संकलन गरिएको रकम नेपालगञ्ज ग्यालरीले बुझाएको छ । सूचना प्रविधि अभियन्ता महावीर पुनको परियोजनाको लागि नेपालगञ्ज ग्यालरीले केही हप्ताअघि ह्यासट्याग ‘नेपालगञ्ज ग्यालरी महावीर पुनलाई सहयोग गरौ अभियान’ सुरु गरेको थियो ।
त्यसै अभियानमार्फत ५९ जना ग्यालरीका सदस्यहरुबाट संकलित गरिएको एक लाख २८ हजार ७ सय ५१ रुपैयाँ बिहीबार राष्ट्रिय आविष्कार केन्द्रमा गई बुझाइएको नेपालगञ्ज ग्यालरीका एडमिन समिरमान श्रेष्ठले जानकारी दिए । संकलित रकम बुझाउनको लागि नेपालगञ्ज ग्यालरीका सक्रिय सदस्य विवेक श्रेष्ठ राष्ट्रिय आविस्कारक केन्द्र काठमाडौं पुगेका थिए । उनले महावीर पुनलाई प्रत्यक्ष भेटेर संकलित रकम बुझाएका हुन् ।
सूचना प्रविधि अभियन्ता महावीर पुनले आफूलाई बैंकले ऋण दिन नपत्याएको गुनासो गर्दै केही हप्ताअघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर पुनले आफूलाई दुईवटा परियोजनाको लागि तीन करोड रुपैयाँ आवश्यक परेको तर नेपाली बैंकले नपत्याएको बताएपछि पुनको परियोजनालाई सहयोग गर्ने उद्देश्यले नेपालगञ्ज ग्यालरीले अभियान सुरु गरेको सक्रिय सदस्य विवेक श्रेष्ठले बताए । महावीर पुनले तीन वर्षपछि रकम फिर्ता दिने बताए पनि हाम्रो टिमले पुनले गरेको कार्यको सम्मान गर्दै रकम पछि फिर्ता नलिने मनसायले संकलित रकम बुझाएको ग्यालरीका एडमिन समिरमान श्रेष्ठले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया