Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगप्रदेश २ मा आईएमई ‘भरोसा कोष’को रकम वितरण सुरु

प्रदेश २ मा आईएमई ‘भरोसा कोष’को रकम वितरण सुरु


काठमाडौं ।
कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आईएमई ‘भरोसा कोष’को रकम वितरण प्रदेश नम्बर २ मा सुरू भएको छ । कोषबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिएको हो । मंगलबार प्रदेश नं २ को सिराहामा आयोजित एक विशेष कार्यकमका बीच आईएमई लिमिटेडका प्रबन्धक रोशन रखाल, आईएमई लिमिटेडका क्षेत्रीय प्रतिनिधि अरुण कुमार भण्डारीले संयुक्त रूपमा आवेदक स्व. प्रसाद मण्डलको पत्नी मञ्जु कुमारी देवीलाई चेक हस्तान्तरण गरेका थिए ।

आईएमई पे वालेटमार्फत रकम भुक्तान लिनसक्ने पनि व्यवस्था मिलाइएको कोषको सहयोग राशी पुस मसान्तसम्म हस्तान्तरण गरिसक्ने लक्ष्य लिइएको छ । कोभिड–१९ का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठूलो पीडा थपिएको महसुस गरी आईएमईले मृतकको परिवारको पीडामा केही सहयोग गर्न सकिन्छ कि भन्ने सोचका साथ भरोसा कोषको स्थापना गरिएको हो ।

सन् २०२० को जनवरी १ देखि अक्टोबर १६ (२०७६ साल पुस १६ देखि २०७७ साल असोज ३०) सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने इच्छुक आफन्तहरूले आवश्यक विवरणसहित पानीपोखरी, काठमाडौंमा अवस्थित आईएमई ग्रुपको केन्द्रीय कार्यालयहरूका साथै सबै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा मंसिर १५ गतेसम्म आवेदन दिनसक्ने गरी व्यवस्था मिलाइएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया