भीसीटीएस कार्यान्वयनमा देखा परेका समस्याबारे छलफल
काठमाडौं, पुस १८
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका प्रतिनिधिमण्डल र राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीबीच भीसीटीएसको कार्यान्वयनका क्रममा देखा परेका समस्याहरुबारे विस्तृत रुपमा छलफल भएको छ । नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ६ सदस्यीय नाडा प्रतिनिधिमण्डलले अटोमोवाइल व्यवसायीहरुमा भीसीटीएसबारे अन्योल रहेको र यसबारे आवश्यक जानकारी पनि नभएको कारण व्यवसायीहरुले जरिवाना तिर्नुपरिरहेको बारेमा महानिर्देशकसँग छलफल गरेको थियो ।
सो छलफलका क्रममा महानिर्देशक मैनालीले भीसीटीएस व्यवसायीहरुकै हितमा ल्याइएको भन्दै यसबारे व्यवसायीहरुलाई के कस्तो सहयोगको आवश्यकता पर्छ, त्यो दिन विभाग सदैव तयार रहेको बताए । उनले यो छुट्टै कर प्रणाली नभएको र व्यवसायमा पारदर्शिता भएपछि त्यसमा स्वतः जवाफदेहिताको विकास हुने भन्दै व्यवसायीहरुकै सहजताको लागि गत असोज मसान्तसम्म जरिवाना नलाग्ने व्यवस्था समेत गरिएको जानकारी दिए । सोही छलफलका क्रममा नाडाका अध्यक्ष दुलालले भीसीटीएसबारे अटोमोबाइल व्यवसायीहरुलाई आवश्यक जानकारी दिन नाडाले एक महिनाभित्रै प्रशिक्षण कार्यक्रमको आयोजना गर्नेे भएकोले त्यस कार्यक्रमलाई प्रभावकारी रुपमा सम्पन्न गर्न विभागबाट तत्सम्बन्धी विज्ञको अपेक्षा गरेको बताए ।
सोही छलफलको अन्तमा महानिर्देशक मैनालीले विभागले राखेको कम्प्युटराइज्ड सिष्टममबारे पनि नाडा प्रतिनिधिमण्डललाई अवगत गराएका थिए । उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाललगायत नाडाका निवर्तमान अध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य दीपक अग्रवाल समेतको उपस्थिति रहेको थियो । नाडाको इतिहासमा राजस्व अनुसन्धान विभागसँग यसरी औपचारिक रुपमा छलफल गरिएको पहिलो भएको समेत नाडाले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया