Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबंगलादेशी ब्रान्ड सिम्फोनीका मोबाइल फोन नेपालमा

बंगलादेशी ब्रान्ड सिम्फोनीका मोबाइल फोन नेपालमा


काठमाडौं ।
छिमेकी मुलुक बंगलादेशको चर्चित मोबाइल फोन ब्राण्ड सिम्फोनी नेपाली बजारमा भित्रिएको छ । बंगलादेशमा नम्बर १ ब्राण्डको रुपमा रहेको सिम्फोनीका मोबाइल फोनहरु हालै सिम्फोटेक प्रालिले नेपाली बजारमा उपलब्ध गराएको हो । सिम्फोनी ब्राण्डका ३ स्मार्टफोन मोडलहरु कम्पनीले पहिलो चरणमा उपलब्ध गराएको छ । कम्पनीले सिम्फोनी जेड १८, सिम्फोनी जेड २८ र सिम्फोनी जेड ३० प्रो स्मार्टफोन सार्वजनिक गरेको छ ।

कम्पनीले नेपालमा भित्र्याएको सिम्फोनी ब्राण्डका फोनहरु अन्तर्राष्ट्रिय गुणस्तर र नवीनतम प्रविधि, आधुनिक र युवामैत्री डिजाइनका साथै अहिलेको अवस्थामा उपयुक्त विशेषताहरुसहितका छन् । यी फोनहरु बजेट मूल्यमा उत्कृष्ट फिचर र आकर्षक डिजाइनसहित आएका छन् । जसमा फोटोग्राफीको लागि ड्युल र ट्रिपल क्यामरा सेटअप छ । कम्पनीले सार्वजनिक गरेको सिम्फोनी जेड ३० प्रो स्मार्टफोनमा प्रिमियम फिचरहरु छन् । जसमा ६.५२ इन्चको एचडी प्लस नोच डिजाइनको डिस्प्ले छ । फोनमा मिडियाटेक अक्टाकोर १.८ गिगाहर्जको प्रोसेसरका साथमा ४ जीबी -याम तथा ६४ जीबी स्टोरेज अप्सन राखिएको छ, यसको स्टोरेज बढाएर १२८ जीबीसम्म पु-याउन सकिन्छ ।

फोटोग्राफीका लागि फोनमा १३ मेगापिक्सेलको मुख्य क्यामराका साथमा ५ मेगापिक्सेल प्लस २ मेगापिक्सेलको ट्रिपल क्यामरा सेटअप छ भने सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । फोनलाई पावर दिन शक्तिशाली ५ हजार एमएएचको ब्याट्री छ जसले ४५० घण्टाको स्ट्याण्डबाई टाइम र ३२ घण्टासम्मको निरन्तर टकटाइम दिन्छ ।

त्यसैगरी सिम्फोनी जेड २८ स्मार्टफोनमा ६.५२ इन्चको एचडी प्लस डिस्प्ले, १.८ गिगाहर्जको अक्टाकोर प्रोसेसर, फोटोग्राफीका लागि १३ मेगापिक्सेलको मुख्य क्यामरासहित २ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको ट्रिपल क्यामरा तथा पावरका लागि ४ हजार एमएएचको ब्याट्री प्याक छ । यो स्मार्टफोन ३ जीबी ¥याम र ३२ जीबी स्टोरेज अप्सनका साथ बजारमा उपलब्ध छ ।

अर्को स्मार्टफोन सिम्फोनी जेड १८ मा भने ६.५२ इन्चको एचडी प्लस डिस्प्ले, १.८ गिगाहर्जको अक्टाकोर प्रोसेसर, फोटोग्राफीका लागि १३ मेगापिक्सेलको मुख्य क्यामरासहित २ मेगापिक्सेलको डुअल क्यामरा सेटअप तथा पावरका लागि ५ हजार एमएएचको ब्याट्री प्याक छ । यो स्मार्टफोन २ जीबी र्याम र ३२ जीबी स्टोरेज अप्सनका साथ बजारमा उपलब्ध छ । सिम्फोनीका सबै स्मार्टफोनहरु लेटेस्ट एन्ड्रोयड १० अपरेटिङ सिस्टममा आधारित छन् भने यी स्मार्टफोनहरु बजेट मूल्यमा उपलब्ध रहेको कम्पनीको भनाइ छ । सिम्फोनका सबै फोनहरुको डिस्प्लेमा वारेन्टी प्रदान गरिएको छ ।

कम्पनीका सेल्स म्यानेजर÷मार्केटिङ म्यानेजरद्वय राजेश चालिसे तथा गोबिन्द बस्यालले नेपाली बजारमा सिम्फोनी ब्राण्डका उत्कृष्ट मोबाइल फोनहरु ग्राहकहरुलाई सुपथ मूल्यमा उपलब्ध गराइने बताए । सिम्फोनीका मोबाइलहरुमा बिक्रीपछिको सेवा अर्थात् आफ्टर सेल्स सर्भिसलाई समेत उच्च प्राथमिकतामा राखिएको र ग्राहकहरुलाई पूर्ण सेवा दिन तयार रहेको उनीहरुको भनाइ छ । कम्पनीले नेपालभर सिम्फोनीका मोबाइल फोनहरु गत आइतबारदेखि नै उपलब्ध गराएको छ ।

त्यसैगरी सिम्फोनीका बजेट मूल्यका उच्च गुणस्तरीय फोनहरु इ–कमर्स दराज डटकममा पनि उपलब्ध छन् । हाल सार्वजनिक गरिएको सिम्फोनी जेड ३० प्रोको बजार मूल्य १६ हजार ४ सय ९९ रुपैयाँ, सिम्फोनी जेड २८ को बजार मूल्य १३ हजार ४ सय ९९ रुपैयाँ र सिम्फोनी जेड १८ को बजार मूल्य ११ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । आगामी दिनमा कम्पनीले सिम्फोनी ब्राण्डका फिचर फोनहरुका साथै थप मोडलहरु भित्र्याउने तयारी समेत गरेको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया