Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्षमा पद्मिनी प्रधानांग निर्वाचित

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्षमा पद्मिनी प्रधानांग निर्वाचित


काठमाडौं ।
ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको अध्यक्षमा पद्मिनी प्रधानाङ्ग निर्वाचित भएकी छिन् । टीआईको सोमबार सम्पन्न २५औँ वार्षिक साधारणसभाले पूर्वमहासचिव प्रधानाङ्गलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । कार्यसमिति सदस्यमा मुकुन्द बहादुर प्रधान, किरण थापा, बुद्धिनारायण श्रेष्ठ, कृष्ण ज्ञवाली, आर्या श्रेष्ठ पुनः निर्वाचित भएका छन् । नयाँ समिति सदस्यको रुपमा डा. सागरराज शर्मा, मदनकृष्ण शर्मा र राष्ट्रिय व्यावसायिक पहल निर्वाचित भएका छन् ।

सभाले संस्थाको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ । सभाद्वारा पारित संस्थाको वार्षिक प्रतिवेदनमा नागरिकले भ्रष्टाचार बढ्दो रहेको अनुभव गरेकाले सरकारको भ्रष्टाचारविरुद्धको शून्य संवेदनशीलता नारामा मात्र सीमित रहेको उल्लेख गरिएको छ । प्रतिवेदनमा संघीय संरचनामा लोकतान्त्रिक व्यवस्था सुदृढ हुने र आम नागरिकको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पर्ने अपेक्षा व्यवहारमा कार्यान्वयन हुन नसकेको धेरैले अनुभव गरेको उल्लेख गरिएको छ । सभाले संस्थाको सक्रियता र प्रभावकारिता अझ बढाउनुपर्नेमा जोड दिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया