Techie IT
×
गृहपृष्ठकर्पोरेटमेरी स्टोप्सद्वारा निःशुल्क हेल्पलाइन नम्बर सुचारु

मेरी स्टोप्सद्वारा निःशुल्क हेल्पलाइन नम्बर सुचारु


काठमाडौं ।
परिवार नियोजन र सुरक्षित गर्भपतनसम्बन्धी सूचना तथा सेवा प्रदान गर्न सुनौलो परिवार नेपाल/मेरी स्टोप्स नेपालले एक छोटो कोड तथा निःशुल्क हेल्पलाइन नम्बर ‘११४३’ सुचारु गरेको छ । सुनौलो परिवार नेपाल/मेरी स्टोप्स नेपालले परिवार नियोजन र सुरक्षित गर्भपतनसम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ । यस्ता सेवाहरूले संयोगले नभई रोजाइले बच्चा जन्माउने अवसर प्रदान गर्दै आएको छ । हेल्पलाइन नम्बरले परिवार नियोजन र सुरक्षित गर्भपतनसम्बन्धी सूचना प्रदान गर्छ भने महिलाहरूलाई आफ्नो रोजाइमा प्रजननसम्बन्धी निर्णय लिन सहयोग गर्दछ ।

सुनौलो परिवार नेपाल/मेरी स्टोप्स नेपाल यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्ने संगठनहरूको विश्वव्यापी साझेदारीका रुपमा रहेको र सन् १९७६ मा स्थापित मेरी स्टोप्स इन्टरनेशनलको नेपालका लागि समर्पित संस्था हो । ११४३ ले ‘म तिमीलाई प्रेम गर्छु’ भन्ने बुझाउँछ । यस्तै कम्पनीकै ‘मेरी साथी’ले सन् २०११ देखि परामर्श सेवाहरू प्रदान गर्दै आएको छ । यी सेवाहरू हरेक दिन बिहान ७ बजेदेखि राति १२ बजेसम्म खुला रहने बताइएको छ ।



तपाईको प्रतिक्रिया