Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकतार एयरवेजले सियाटलको उडान जनवरी २९ देखि सुरु गर्ने

कतार एयरवेजले सियाटलको उडान जनवरी २९ देखि सुरु गर्ने


काठमाडौं ।
कतार एयरवेजले आफ्नो सियाटलको चार साप्ताहिक उडान जनवरी २९ देखि सुरु गर्ने भएको छ । यसअघि मार्च १५ बाट सुरु गर्ने भनिएको थियो । एयरवेजले साप्ताहिक चार पटकको उक्त सेवा आफ्नो अत्याधुनिक बोइङ ७७७ ले सञ्चालन गर्नेछ जसको बिजनेस क्लासमा ४२ सिट र इकोनोमी क्लासमा ३१२ सिट हुन्छ ।

कतार एयरवेजका ११ वटै अमेरिकी मार्गहरूमा क्युसुइट सञ्चालन हुने हुँदा, सियाटल लगायत संयुक्त राज्य अमेरिकामा यात्रा गर्ने यात्रुहरूले संसारको सर्वश्रेष्ठ बिजनेस क्लास सिटको मजा लिन सक्छन् । क्युसुइट सिटको लेआउट १–२–१ कन्फिगरेसन रहेको छ जसले यात्रुहरूलाई सामाजिक दूरीसहित आरामदायक बिजनेस क्लास अनुभव प्रदान गर्दछ । साथै, सम्पूर्ण सिएटल उडानहरूमा उपलब्ध सुपर वाइफाइ कनेक्टिभिटीको सेवाले यात्रुहरू परिवार, साथीभाइ तथा सहकर्मीको सम्पर्कमा रहन सक्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया