Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनिफेडको ब्राण्ड एम्बेस्डरमा खड्का

निफेडको ब्राण्ड एम्बेस्डरमा खड्का


काठमाडौं ।
चीनमा उत्पादन हुने नेपालको प्रतिष्ठित कपडा ब्राण्ड निफेड एक्सप्रेसको ब्राण्ड एक्बेस्डरमा अभिनेता प्रदिप खड्का नियुक्त भएका छन् । यो कम्पनी निफेड एक्सप्रेस प्रालिको नामले सन् २०१६ अर्थात् २०७१ मा सितापाइला काठमाडौँमा दर्ता गरिएको हो भने उत्पादन र बिक्री विस्तारमा अझ वृद्धि गर्नको भन्दै सोही नामले चीनमा समेत दर्ता गरिएको छ ।

नेपालमा १० वटा थोक बजार र सात सयभन्दा बढी खुद्रा पसल रहेको निफेडले महिलाको लागि पाइन्ट र टिसर्टको साथै पुरुषको लागि टिसर्ट, ज्याकेट, हुडी, सिलिकन ज्याकेट, डाउन ज्याकेट, सर्ट, पाइन्ट, कोर्टलगायतका अनौपचारिक तथा औपचारिक सामानहरू गुणस्तरीय कपडाको प्रयोग गरी फरक–फरक डिजाइनमा उत्पादन गरिरहेको छ ।

नेपाली वातावरणमा आएको परिवर्तनबाट सृजना हुने चुनौतीसँग सामना गर्न कम्पनीले विदेशी ब्राण्ड सँगसँगै नेपाली ब्राण्डलाई उभ्याएर नेपाली ब्राण्ड नै गुणस्तरीय छ भन्ने जानकारी गराउनको लागि प्रवर्द्धनात्मक अभियानका लागि समेत अभिनेता खड्कालाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो । नेपाली ब्राण्ड तथा डिजाइन विदेशी कुनै पनि ब्राण्ड र डिजाइनको तुलनामा कम गुणस्तरीय नहुने र सशक्त भएर बजारमा उपस्थित हुने पनि कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, नेपाल

तपाईको प्रतिक्रिया