सुनचाँदी व्यवसायी महासंघको महाधिवेशन शुक्रबारबाट सुरु

काठमाडौं ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको सातौँ तथा आठौँ वार्षिक साधारणसभा एवं तेस्रो महाधिवेशन शुक्रबारदेखि सुरु हुने भएको छ । महासंघको महाधिवेशन शुक्रबार र शनिबार काठमाडौंमा हुनलागेको हो ।
महासंघको साधारणसभा तथा अधिवेशनमा देशभरका ६५ जिल्ला÷नगर संघ तथा वस्तुगत र एसोसिएट सदस्यहरुको तर्फबाट छ सयभन्दा बढी प्रतिनिधि र पर्यवेक्षकहरुले सहभागिता जनाउनेछन् । कोरोना संक्रमणको विद्यमान अवस्थालाई मध्यनजर गर्दै सरकारले तोकेको स्वास्थ्य मापदण्डअनुरुप कार्यक्रम सञ्चालन गरिने महासंघले जनाएको छ ।
साधारणसभाको अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । शुक्रबार काठमाडौंको होटल याक एण्ड यतिमा उद्घाटन सत्र हुनेछ भने शनिबार बन्दसत्र तथा निर्वाचनको कार्यक्रम तय भएको छ । निर्वाचनबाट ५५ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ । महासंघले पनि संघीय संरचनालाई आत्मसात् गर्दै सातवटै प्रदेशमा प्रदेश महासंघ गठन गरेअनुरुप प्रदेश महासंघहरुको निर्वाचन गरिसकेको छ ।
साधारणसभामा कोरोना महामारीका कारण र नेपाल सरकारबाट सुनको कोटालाई २० किलोबाट १० किलोमा झारी आधा कटौती गरेपछि अत्यधिक रुपमा प्रभावित बनेको सुनचाँदी व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन साझा अजेन्डाका लागि गम्भीर छलफल हुनेछ ।
२०६९ फागुन २० गते विधिवत् दर्ता भएको महासंघले देशभरिका सुनचाँदीका व्यवसायीहरुको हकहित र अधिकारप्राप्तिका लागि मात्र नभई गुणस्तरीय गरगहनाहरुको उत्पादन, व्यावसायिक इमानदारिता, उपभोक्तामुखी सेवा र सामाजिक उत्तरदायित्वको साथ देशको आर्थिक समृद्धिमा योगदान गर्न गराउन पनि महत्वपूर्ण भूमिका निभाउँदै आएको छ ।
ताजा अपडेट
- श्रीलंकामा चीनले ‘ऋण दिएर फसाउने कूटनीतिक चाल’ चालेकै हो त ?
- कुमारी बैंकको अगुवाइमा माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको सहवित्तीयकरण सम्झौता
- महासंघ र बैंकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्ने सम्झौता
- त्रिवेणी व्यापारको आयोजनामा रिटेलर्स मिट कार्यक्रम
- सातै प्रदेशमा आधुनिक कृषि प्रविधि
- भुइँचालोपछि खोसिएको बारपाकको सांस्कृतिक सौन्दर्य
- आममाफीले आपराधिक घटना बढ्ने डर
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया