Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफुडमाण्डुको सेवा पोखरामा ३० प्रतिशत छुट पाइने

फुडमाण्डुको सेवा पोखरामा ३० प्रतिशत छुट पाइने


काठमाडौं ।
अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले आफ्नो सेवा पर्यटकिय नगरी पोखरामा विस्तार गरेको छ । फुडमाण्डुले आफ्नो सेवालाई पहिलोपटक काठमाडौं उपत्यकाभन्दा बाहिर विस्तार गरेको हो ।

कम्पनीले शुक्रबार पत्रकार सम्मेलनमार्फत पोखरामा आफ्नो सेवा विस्तार गरिएको र पोखराबासीले समेत अनलाइनबाटै खानेकुराहरुको अर्डर गर्न सकिने जानकारी दिएको हो । कम्पनीका सेल्स एण्ड मार्केटिङ चिफ श्यामरत्न मालीले पोखराबाट सेवा विस्तार भएको घोषणा गर्दै गुणस्तरीय खानेकुराहरु अनलाइनमार्फत घरमा नै उपलब्ध गराउन आफूहरु तयार रहेको बताए ।

नेपालको पहिलो फुड अनलाइन डेलिफरी प्लेटफर्मले पोखराबासीहरुलाई सेवा गर्नका लागि हाल ३० वटाभन्दा बढी स्थानीय रेष्टुरेन्ट तथा होटलहरुसँग सहकार्य गरेको छ । क्रमबढ रुपमा यो संख्या बढाउँदै लाने मालीले बताए । कम्पनीका संस्थापक मनोहर अधिकारीले नेतृत्वदायी फुड डेलिभरी भएको कारणले पनि पोखरामा लामो समयदेखि सेवा विस्तार गर्ने योजनालाई हाल सफल बनाएको जानकारी दिए । उनले पोखरा नेपालको प्रमुख पर्यटकीय सहर भएको कारण पर्यटकहरुले समेत फुडमाण्डुमार्फत खानेकुरा अर्डर गरेर नेपाली खानेकुराहरुको आनन्द उठाउनसक्ने बताए ।

कार्यक्रममा बोल्दै रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले पोखरामा फुडमाण्डुको सेवा उपलब्ध हुँदा त्यसले रेष्टुरेन्टहरुलाई समेत व्यापार विस्तार गर्न सहज हुने बताए । पोखरामा सेवा विस्तार गर्ने क्रममा कम्पनीले पोखरेलीहरुलाई जनवरी ३१ सम्म ३० प्रतिशत वा ३ सय रुपैयाँसम्मको छुट घोषणा गरेको छ । कम्पनीले सन् २०२१ लाई आफ्नो सेवा विस्तारको वर्षको रुपमा उल्लेख गर्दै आगामी दिनहरुमा थप स्थानहरुमा सेवा विस्तार गर्ने जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया