Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफाइभजी : यसकारण सबैको आवश्यकता बन्नेछ

फाइभजी : यसकारण सबैको आवश्यकता बन्नेछ


काठमाडौं ।
स्मार्टफोनका लागि फाइभजीको उपयोगितामा कसैको सायदै दुई मत होला । तर, वाइफाइ उपलब्ध हाम्रा घरमा यसको आवश्यकताका बारेमा कहिल्यै सोच्नुभएको छ ? विस्तारै वाइफाइ पुरानो प्रविधिका रुपमा स्थापित हुँदै छ । भविष्यको स्मार्ट होम्सका लागि यो अपर्याप्त हुने सम्भावना प्रबल छ । हो, यही अवस्थामा फाइभजीको आवश्यकता पर्छ । मोबाइल प्रयोगका लागि झैँ फाइभजी प्रविधिको आवश्यकता भविष्यको घरका लागि कसरी पर्नेछ भन्ने बारे संक्षिप्त जानकारी यहाँ प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

आफ्नो चरैतिर हेर्नुहोस् त ! स्मार्टफोन्स, ट्याब्लेट्स र कम्प्युटरका साथै सेक्योरिटी क्यामेरा, स्पिकर, टिभी, लाइटनिङ प्रणाली लगायत हामीले विशेष ध्यान नदिने वस्तुहरुमा पनि यसको आवश्यकता उत्तिकै रहेको छ । गहिरिएर ध्यान नदिए पनि हामी विस्तारै स्मार्ट घरहरुले उपलब्ध गराउने सहजतासँग हामी अभ्यस्त हुँदै गइरहेका छौँ । समयसँगै हरेक कुरा स्मार्टर हुँदै गइरहेका छन्; हरेक होम अप्लायन्सेस कनेक्टेड हुँदै छन् र तिनले एकअर्कासँग सहज समन्वय गर्दै काम गरी सहजता उपलब्ध गराओस् भन्ने हाम्रो चाहना हो । यसले वाइफाइमाथि ठूलो बोझ थपिने निश्चित छ । फलस्वरुप न्यूनतम उत्पादन कनेक्ट गर्दा यसको रेस्पोन्स टाइममा ढिलाइ हुने सम्भावना रहन्छ । यस्तो समयमा फाइभजीको आवश्यकता अझ बढ्ने निश्चित छ । फाइभजी सहितको स्मार्ट होम्स अर्थात् असिमित कनेक्सन, तीव्र गति र तत्सम् प्रतिक्रिया (इन्स्ट्यान्ट रेस्पोन्स टाइम) ।

बहुउपकरणहरु एकै समयमा एकै ब्याण्डविथ्मा कनेक्ट हुँदा इन्टरनेटको गतिमा समस्या हामी सबैले भोगेकै छौँ । अझ ब्रोडब्याण्डको गति कम हुँदा यसले अझ तनाव दिन्छ । फाइभजीको साथमा कथाले स्वभाविकरुपमा अर्कै मोड लिने निश्चित छ । फाइभजीले मल्टिगिगाबाइट स्पिडका साथै, बहुसंख्यक उपकरणलाई कनेक्टिभिटी प्रदान गर्ने क्षमता बोक्नुका साथै, डर्जनौँ वा सयौँ स्मार्ट उपकरणहरु स्मार्ट होममा कनेक्ट गर्ने क्षमता राख्छ । स्मार्टफोन, टिभी, कम्प्युटर, ट्याब्लेटलगायत तपाईँका सबै उपकरणले एकैसाथ हाईडेफिनेसन मुभी डाउनलोड, म्यूजिक स्ट्रिम गर्ने वा ठूला अनलाइन गेम्सको मज्जा घरमा रहेका अन्य उपकरण तथा सेन्सरमा कुनै असरविना लिन सकिन्छ । एआर/भीआर उपकरणहरुमार्फत हामीले भविस्यमा अझ सहजरुपमा स्मार्ट होम अनुभव लिन पाउनेछौँ ।

कहिलेकाहीँ केही सेकेण्डले पनि जीवनमा धेरै ठूलो असर पार्न सक्छ । उदाहरणका लागि खतराको अवस्थाबारे सुइँको पाउनेबित्तिकै अलार्म बजिहाल्नुपर्छ र धेरै जसो आपत्कालीन उपकरणहरुले हामीलाई तत्सम प्रतिक्रिया दिनुपर्छ । फाइभजीको लो लेटेन्सीले कनेक्टेड उपकरणहरुको प्रतिक्रियाका लागि लाग्ने समयमा कटौती गराउँछ र सूचना प्रवाहमा तीव्रता प्रदान गर्छ । फाइभजीका माध्यमबाट स्मार्ट स्पिकर्स तथा घरको सेक्योरिटी प्रणाली अझ प्रतिक्रियात्मक बन्ने निश्चित छ । तसर्थ, लो लेटेन्सी (न्यून विलम्बता) सहजताका लागि मात्र नभइ सुरक्षा र दिमागको शान्तिका लागिपनि अपरिहार्य छ ।

पछिल्लो समयमा स्मार्ट होम्समा वाइफाइ र ब्ल्यूटूथ लगायत सञ्चार प्रोटोकल्सको उपयोग हुन्थे । तर, एउटा सञ्जालमा जडिट उपकरण र अन्य सञ्जालमा रहेका उपकरण एकअर्कासँग अन्तर्क्रिया गर्न असमर्थ हुन्थे । यसले गर्दा एकिृत स्मार्टहोम अनुभव उपलब्ध गराउन कठिनाइ हुने गरेको छ । यसको ठीकविपरीत फाइभजी सञ्जालमा कुनै पनि उपकरण सिधै कनेक्टेट हुन सक्छन् ।

साथै, समान प्रोटोकलको उपयोग गर्दै अन्य उपकरणसँग इन्टरकनेक्टेड हुँदै अन्तर्क्रिया गर्ने छुट समेत प्रदान गर्छ । यसले गर्दा विस्तृत स्मार्ट होम इकोसिस्टमको निर्माण गर्ने कार्यमा सहजता मिल्छ । फाइभजीले विद्यमान तारे (वायर्ड) पूर्वाधारमा निहित हुनुपर्ने बाध्यताको पनि अन्त्य गराउँछ । यसको माध्यमबाट विकट स्थान जहाँ ब्रोडब्याण्ड लगायतका सुविधा पनि उपलब्ध छैनन् , त्यस्ता स्थानमा समेत स्मार्ट होमको अत्याधुनिक प्रविधिको अनुभव लिन सकिन्छ ।

ओप्पोको फाइभजी इन्टरनेट अफ एक्स्पेरियन्स : धेरैले स्मार्ट होम लाइफस्टाइल अझै टाढाको कुरा हो भन्ने सोच्न सक्छन् । तर, ओपोले यस्तै विभिन्न सम्भावनालाई यथार्थमा परिनत गर्ने कार्यमा सफलता हात पारिसकेको छ । केही समय अगाडि ओप्पोले रेनो फाइभजी केन्द्रित विश्वकै पहिलो फाइभजीद्वारा सञ्चारित स्मार्ट होटलको निर्माण गरिसकेको छ । ओपो फाइभजी होटले ६ महिनासम्म अष्ट्रेलियाका विभिन्न स्थानमा भ्रमण गर्दै यसका पाहुनालाई फाइभजी युगको स्मार्ट लिभिङ अनुभव प्रदान गरिसकेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया