Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमहिन्द्राका ‘एक्सयूभी–३००’ चितवनमा

महिन्द्राका ‘एक्सयूभी–३००’ चितवनमा


काठमाडौं, पुस २०
नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारिण्क वितरक अग्नि इन्कर्पोरेटेडले भारतीय बजारमा सार्वजनिक भएको छोटो समयमा नै आफ्नो अलग्गै पहिचान बनाउन सफल महिन्द्राको स्पोर्ट्स यूटिलीटी भेहिकल (एसयूभी) ‘एक्सयूभी–३००’ गण्डकी प्रदेश र बुटवलपश्चात् अब चितवनमा पनि बिक्रीवितरण सुरु गरेको छ ।

‘एक्सयूभी–३००’ गाडीलाई नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राका प्रमुख चैतन्य कगाल्कर र अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले संयुक्त रूपमा सार्वजनिक गरेका थिए । कार्यक्रममा अग्नि ग्रुपका प्रबन्धनिर्देशक क्याबिनेट श्रेष्ठले नयाँ जमानाको दृष्यता र उच्च प्रविधियुक्त विशेषताहरूयुक्त एक्सयूभी ३०० ग्राहकहरूबीच तत्कालै लोकप्रिय हुने बताए । अग्नि ग्रुपका स्थानीय विक्रेता सेन्ट्रल अटो जोन प्रालि चितवनका प्रबन्धनिर्देशक राजेन्द्र बताजका अनुसार महिन्द्राको लेटेस्ट एसयूभी महिन्द्रा एक्सयूभी–३०० नेपाली बजारमा निकै प्रतिक्षा गरिएको मिड साइज एसयूभी हो ।

महिन्द्राको नयाँ एक्सयूभी–३०० को डिजाइन निकै आक्रामक रहेको छ । कम्फर्ट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वक सञ्चालन गर्ने सुविधा प्राप्त भएको यस गाडीले उच्च गति र जोसका लागि तपाईको आवश्यकता पूरा गर्नेछ र गाडीले चितवनमा निकै राम्रो बजार बिस्तार गर्नेे आशा कम्पनीले गरेको छ । यसमा आकर्षक सनरुफको साथै, एलईडी डेटाइम रनिङ्ग–लाइट, पुस स्टार्ट–स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोललगायतका विशेषता उपलब्ध छन् । मुटुको धड्कन बढाउने खालको उल्लास पेट्रोल र डिजेलको टर्बो चार्ज हुने सवारी सञ्चालन संयन्त्र (पावरट्रेन) प्रणालीले कुशलतापूर्वक इन्जिनको शक्ति उपयोग गर्छ र व्यापक सञ्चालनका तहहरूमा टर्क उपलब्ध गराइ रोमाञ्चकता प्रदान गर्ने कुरालाई सुनिश्चित गर्छ ।

यो एक्सयूभी डब्लु ४, डब्लु ६, डब्लु ८ र डब्लु ८ (अप्सनल) चारवटा भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । नयाँ एक्सयूभी ३००को मूल्य पेट्रोलमा डब्लु ४ वर्गका लागि ३९ लाख ७५ हजार रुपैयाँ र डब्लु ८ (अप्सनल) वर्गका लागि ५६ लाख ५० हजार रुपैयाँ त्यस्तै डिजेलमा डब्लु ४ वर्गका लागि ४१ लाख २५ हजार रुपैयाँ, डब्लु ६ वर्गका लागि ४५ लाख रुपैयाँ, डब्लु ८ वर्गका लागि ५१ लाख ५० हजार रुपैयाँ र डब्लु ८ (अप्सनल) वर्गका लागि ५७ लाख २५ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । यो एसयूभी ६ रंगहरू एक्वा मरिन, सनब्रस्ट ओरेन्ज, रेड रेज, पर्ल ह्वाइट, नपोली ब्लाक, डी–स्याट सिल्भरमा उपलब्ध छ भने एक्वा मरिन र तथा रेड रेज डब्लू ८ (अप्सनल) प्याकमा मात्र उपलब्ध छ । एक्सयूभी ३०० मा थुप्रै फर्ट इन सेग्मेन्ट सेफ्टी फिचर समेत दिइएको छ ।

सातवटा एयरब्याग, चारै चक्कामा डिस्क–ब्रेक, १७ इन्च अलोय–ह्विल, ईबीडी तथा एबीएसजस्ता अत्याधुनिक विशेषताले एक्सयूभी–३०० निकै सुरक्षित गाडी बनेको छ । नयाँ एसयूभी १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको छ । यसमा उपलब्ध १.२ लिटर पेट्रोल इन्जिनले ५ हजार आरपीएममा ११० पीएस पावरका साथै ३५ सय आरपीएममा २०० एनएम–टर्क उत्पादन गर्छ । साथै, १.५ लिटर डिजेल इन्जिनले ३७५० आरपीएममा ११५ पीएस पावरका साथै १५ सय २५ सय आरपीएममा ३०० एनएम–टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया