Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्मार्ट च्वाइस टेक्नोलोजिज र सप्तकोशी डेभलपमेन्ट बैंकबीच सम्झौता

स्मार्ट च्वाइस टेक्नोलोजिज र सप्तकोशी डेभलपमेन्ट बैंकबीच सम्झौता


काठमाडौं ।
स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंकबीच सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिप्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र बैंकबीच भुक्तानी र फर्छ्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता भएको हो ।

नेपाल राष्ट्र बैंकको नीति र निर्देशनअनुरूप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढावा दिने प्रमुख उद्देश्यका साथ क्रियाशील स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र विगत लामो समयदेखि सर्वसाधारणलाई बैंकिङ सेवा पु-याउँदै आएको मुलुकको बैंकिङ क्षेत्रमा सुपरिचित सप्तकोसी डेभलपमेन्टको यस सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

धनकुटामा मुख्य कार्यालय र विराटनगरमा कर्पोरेट अफिस रहेको सप्तकोशीले प्रदेश १ का विभिन्न ७ जिल्लामा आफ्ना शाखा सञ्जालमार्फत सर्वसाधारणलाई विविध बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको छ ।

स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडसँगको सहकार्यबाट सप्तकोशी डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्नेछ । एससीटी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम पस, इ–कमर्सजस्ता सेवा सजिलै लिनसक्ने सुविधा प्राप्त हुनेछ ।

आइतबार स्मार्ट च्वाइस टेक्नोलोजिजको मुख्य कार्यालय, बालुवाटार, काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच स्मार्टच्वाइस टेक्नोलोजिजको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र सप्तकोशी डेभलपमेन्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नविन सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया