Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइजी ट्याक्सी नेपाल एप र प्रभु इन्स्योरेन्सबीच सहकार्य गर्ने सम्झौता

इजी ट्याक्सी नेपाल एप र प्रभु इन्स्योरेन्सबीच सहकार्य गर्ने सम्झौता


काठमाडौं ।
इजी ट्याक्सी नेपाल एप र प्रभु इन्स्योरेन्सबीच सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालमा मोबाइल एप तथा अनकल अनलाइन ट्याक्सी सेवा सञ्चालन गर्दै आएको इजी ट्याक्सी नेपालका ट्याक्सीहरुलाई बीमा सेवा सुविधा उपलब्ध गराउने विषयमा प्रभु इन्स्यारेन्ससँग सहकार्यको सम्झौता भएको हो । आइतबार प्रभु इन्स्यारेन्सको मुख्यालय तीनकुनेमा आयोजित एक कार्यक्रमका बीच इजी ट्याक्सी नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जित पौडेल र प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट सन्चित बज्राचार्यले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

समझदारीपत्रमा हस्ताक्षर गर्दै प्रभु इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले इजी ट्याक्सी नेपालअन्तर्गत ट्याक्सी सेवा सञ्चालन गरिरहेका ट्याक्सी धनीहरुलाई बीमा सुरक्षाको सम्पूर्ण सेवा उपलब्ध गराउन सहज हुने र दाबी भुक्तानीलाई सरलरुपमा फर्छ्यौट गरिने बताए । कार्यक्रममा कम्पनीहरुले आगामी दिनमा इजी ट्याक्सी नेपाल एपमार्फत सञ्चालन भएका बीमा सेवा सुविधाको लागि संयुक्त सचेतना र सुविधाका कार्यक्रमहरु तयार पार्ने सहमति समेत गरेका छन् ।

इजी ट्याक्सी नेपालका प्रमुख कार्यकारी अधिकृत पौडेलले एपमा आधारित भएर सेवा दिइरहेका ट्याक्सी व्यवसायीहरुको बीमा सुविधा सुनिश्चित गरिने र त्यसले इजी ट्याक्सी एपको सेवा विस्तार हुने बताए । इजी ट्याक्सी नेपालले विभिन्न योजनाहरु र अभियानमार्फत ट्याक्सी व्यवसायलाई थप मर्यादित र जिम्मेवार बनाउँदै डिजिटलमैत्री बनाइरहेको छ । जसले डिजिटल नेपालको अभियानलाई थप प्रवद्र्धन र सहयोग पुग्ने विश्वास गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया