Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटाटा मोटर्सद्वारा नेपालमा नयाँ कम्प्याक्ट ट्रक ‘इन्ट्रा भि २०’ सार्वजनिक

टाटा मोटर्सद्वारा नेपालमा नयाँ कम्प्याक्ट ट्रक ‘इन्ट्रा भि २०’ सार्वजनिक


काठमाडौं ।
टाटा मोटर्सले नेपालमा नयाँ कम्प्याक्ट ट्रक ‘इन्ट्रा भि २०’ सार्वजनिक गरेको छ । कम्पनीले सिप्रदी ट्रेडिङ प्रालिमार्फत नवीनतम स्मार्ट कम्प्याक्ट ट्रक टाटा इन्ट्रा भि२० को नेपालमा बिक्री शुभारम्भ गरेको हो । टाटा मोटर्सको प्रिमियम टफ डिजाइन सिद्धान्तमा बनेको यो ट्रकले सुरक्षित र आरामदायी यात्रा अनुभवका साथै शक्तिशाली कार्यक्षमता र उत्पादकत्व वृद्धि गर्दछ ।

टाटा इन्ट्राको मूल्य १९ लाख ७५ हजार कायम गरिएको छ । यो कम्प्याक्ट ट्रकलाई नेपालभर छरिएर रहेका सिप्रदी ट्रेडिङ्ग प्रालिका सेल्स, सर्भिस र स्पेयर पार्टसको बृहत्तर सञ्जालले पूर्ण साथ, सहयोग र सम्भार गर्नेछन् । यसको आधुनिक डिजाइनका साथ बनेको क्याबिनभित्र ओहोरदोहोर गर्न सजिलो हुने थप ठाउँ रहेको छ । साथै सुविधासम्पन्न आरामदायी सिटहरु र आधुनिक डिजिटल क्लस्टर पनि रहेको छ । यसका साथै ड्यास बोर्डमा माउन्ट भएको गियर लिभरले लामो समयको यात्रामा पनि सजिलो एंव थकानमुक्त महसुस गराउने कम्पनीले जनाएको छ । यसको भरपर्दाे एवं विश्वसनीय इन्जिन, गियर बक्स, क्राउन र च्यासिसको सम्योजनले समस्टिमा न्यून मर्मत खर्च गराउँछ ।

ठूलो लोडबडी, ११०० किलोको अधिकतम भारवहन क्षमता, सर्वोत्कृष्ट माइलेज र मजबुत इन्जिन, गियर बक्स, क्राउन र च्यासिस भएको यो कम्प्याक्ट ट्रक, न्यून सञ्चालन खर्चमा सवारीधनीलाई अधिकतम मुनाफा हुने गरी निर्माण गरिएको छ । यसमा अति साँघुरो गल्लीमा पनि सजिलै मोड्न मिल्ने मात्र ४.७५ मिटरको टर्निङ्ग सर्कल रेडियस छ । यसमा भएको केवल सिफ्ट मेकानिज्म र ५–स्पिड गियर बक्सले सहज एवं भन्झटमुक्त यात्रा सुनिश्चित गर्दछ । टाटा इन्ट्रा भि२० मा १.४ लिटर क्षमताको डिजल इन्जिन रहेको छ, जसले ७० बीएचपी र १४० एनएमको टर्क पैदा गर्छ । साथै उच्चतम इन्धन बचत गर्न सहयोग पु-याउन गियर सिफ्ट एडभाइजरको पनि व्यवस्था छ ।

टाटा इन्ट्रामा अधिकतम ग्राउण्ड क्लियरेन्स र ४५ प्रतिशतको गे्रडेबिलिटी हुनाले नेपालको विद्यमान अवस्थाका सडकहरुको लागि अत्यन्त उपयुक्त गाडी हो । विभिन्न विशेषताहरुले भरपूर टाटा इन्ट्राको निर्माण, मजबुत बडी र क्याबिनसहित हाइड्रो–फम्र्ड च्यासिस फ्रेममा सुरक्षित तवरले गरिएको छ, जसले संरचनागत शक्ति, टिकाउपना बढ्ने कुरा सुनिश्चित गर्दछ र न्यून एनभीएच तहहरु उपलब्ध गराउने कम्पनीको भनाइ छ । बिक्री शुभारम्भ गर्दै टाटामोटर्स लिमिटेडका उपाध्यक्ष रुद्ररुप मैत्राले टाटा मोटर्सका विविध र मजबुत दायराका व्यावसायिक गाडीहरु नेपाली ग्राहकहरुले अत्यधिक रुचाएको बताए ।

टाटा इन्ट्रा ग्राहकहरुका लागि एक आदर्श उत्पादन हुने उनको भनाइ छ । कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले टाटा मोटर्ससँगको कम्पनीको सहकार्यले बितेका केही दशकमा बजारमा सर्वश्रेष्ठ सवारी साधनहरु सफलतापूर्वक उपलब्ध गराउन सक्षम बनाउँदै आएको बताए । टाटा इन्ट्रा भि२० को बिक्री शुभारम्भसँगै ग्राहकलाई उत्कृष्ट कार्यक्षमता, किफायती र उच्चतम प्रभावकारिता दिने गाडीहरु उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई निरन्तरता दिएको उनले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया